Logo

खोटाङमा सडेको अवस्थामा वेवारिसे शव फेला


खोटाङ । खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाडाँको रभुंवाघाटमा वेवारिसे अवस्थामा शव फेला परेको छ । रभुवाघाटस्थित रावाखोलाको भंगालोमा वालुवामा टाउको गाडिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २२ वर्ष उमेरको जस्तो देखिने शवमा किरा परेको छुँदा मासु खस्ने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

वेवारिसे शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको छ । घटनाको प्रकृति हेर्दा खोलाले बगाएर ल्याएको हुन सक्ने र मृतककको शव सडेको अवस्थामा भेटिएकोले कसैको आफन्त हराएको भए जानकारी गराईदिन हुन भन्दै सवैतिर जानकारी गराईएको तर, कोहि पनि मानिस सम्पर्कमा नआएकोले शव पहिचान गर्न समस्या भएको डिएसपी केसीको भनाई छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्