राजधानीमा छोरी बलात्कारको आरोपमा एक पक्राउ
काठमाडौं । ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन ।
महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो । पीडित बालिका १० वर्षीयाको थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण भइरहेको छ ।