Logo

संयुक्त सैन्य अभ्यास गर्न नेपाललाई पोल्याण्डको प्रस्ताव


काठमाडौं– पोल्याण्डको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग पोल्याण्डका रक्षामन्त्री मारिउस्ट व्यास्टाकले नेपाली सेनाको क्षमता अभिवृद्धिका निम्ति संयुक्त सैन्य अभ्यास र सहकार्यको प्रस्ताव गरेका छन् ।

बुधवार भएको दुईपक्षीय भेटवार्ता र छलफलमा पोल्याण्डका रक्षामन्त्री व्यास्टाकले सो प्रस्ताव गरेका हुन् । रक्षामन्त्री व्यास्टाले आफ्नो मुलुकले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सैन्य छात्रवृत्ति र सामग्री उपलब्ध गराउन इच्छुक रहेको दोहोर्याएका थिए ।

‘नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सैन्य छात्रवृत्ति र सामग्री उपलब्ध गराउन हामी इच्छुक छौं,’ रक्षामन्त्री व्यास्टाकले भने– ‘हाम्रो मुलुक तपाईहरूसँग संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गर्छौं ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्