कमिटी एकीकरणबारे छलफल हुन्छ– नेता नेपाल
नेकपाका नेता माधवकुमार नेपालले पार्टी कमिटी र जनवर्गीय संगठनको एकीकरणका सम्बन्धमा पार्टीभित्र छलफल गर्ने बताएका छन् । पार्टी कमिटी र जनवर्गीय संगठनको एकीकरणमा केही नेताहरुले असन्तुष्टि जनाइरहेका बेला नेता नेपालले सचिवालय बैठकमा यस्तो प्रतिक्रिया दिएका हुन ।
उनले पार्टी कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई अन्तिम टुंगो स्थायी समिति बैठकले लगाउने बताए । अमेरिकास्थित नेपाली संघ, संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भई बुधबार स्वदेश फर्किएका नेपालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्टीका सबै विभाग, कमिटी र प्रवासमा रहेका जनवर्गीय संगठनको एकीकरण छिट्टै सम्पन्न हुने दाबी गरे । पार्टीको जनवर्गीय संगठन र कमिटीहरुको एकीकरणका लागि कार्यदल स्तरमा छलफल भइरहेको उनको भनाई थियो ।