Logo

प्रवक्ता ‘प्रकाण्ड’ लाई भोजपुर लगियो


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई भोजपुर लगिएको छ ।

आज (मङ्गलबार) काठमाडौंबाट श्री एयरलाइन्सको विमानमा विराटनगर विमानस्थल हुँदै भोजपुर लगिएको हो । सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई काठमाण्डौंबाट पक्राउ गरी विराटनगर हुँदै भोजपुर लगिएको स्रोतले जनाएको छ ।

चुनावका वेला भोजपुरमा वम पड्काएको आरोपमा उनलाई भोजपुर लगिएको हो । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधनराईलाई लक्षित गरी चुनावका बेला उनको गाडिमा बम पड्काएको आरोपमा पक्राउ गरी कानुनी कारबाहीको लागि भोजपुर लगिएको प्रहरी स्रोतले जनाएको छ ।

उनलाई जिल्ला अदालत भोजपुरमा हजिर गराउन लगिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोज केसीले विराटनगर एयरपार्टमा ल्याएको भन्ने आफूलाई जानकारी भए पनि कता लगिएको भन्ने थाहा नभएको बताएका छन् ।

‘विराटनगर हुँदै कतै लगिएको होला’ उनले भने ‘कहाँ लगिएको भन्ने मलाई जानकारी छैन ।’ यस अघि पनि विभिन्न आरोपमा पक्राउ पर्दै आएका प्रकाण्डलाई सर्वोच्च अदालतले छाड्ने आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुटे पनि प्रहरीले पुःन नयाँ आरोप लगाएर पक्राउ गर्दै आएको छ ।

जिल्ला अदालत भोजपुरमा प्रकाण्डका विरुद्ध ३ वटा मुद्दा दायर भएको छ । जसमा २ वटा विस्पोटक पदार्थ सम्बन्धि र १ वटा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता छन् । उनी फरार प्रतिवादीको रुपमा रहेको जिल्ला अदालतको अभिलेखमा रहेको सूचना अधिकारी मणिराम पोखरेलले बताए । उनलाई प्रक्राउका लागि जिल्ला अदालत भोजपुरबाट वारेन्ट जारि भएको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्