Logo

देउवाले नेता–कार्यकर्तालाई सरकारविरुद्ध उक्साए : अवकाश प्राप्त कर्मचारीलाई पनि फकाए


अहिले शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति छन् । प्रमुख प्रतिपक्षी दलका ठूला नेता पनि उनै हुन् । सत्तामा डाँडु चलाउन उनले के–के गरेनन्, सबथोक गरेकै छन् । तर, उनले जहिल्यै पार्टीलाई हात लागि शुन्यको स्थितिमा पुर्याएको भनी खप्की खाइरहनु परेको छ । उनीमाथि पार्टीभित्रका द्धन्दहरु बिर्साउन सरकारलाई बेलाबेला हप्कीदप्की गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । शान्ति र समृद्धिका लागि प्रमुख प्रतिपक्षीको भुमिका खेल्लान भन्ने जनविश्वासले अहिले हावा खाएको छ ।

अहिले उनी कसरी हुन्छ सरकारकै विरुद्धमा लागि रहेको सर्वविदितै छ । यस्तै आज पनि उनले पार्टीका नेता–कार्यकर्ताहरुलाई सरकारविरुद्ध लड्न उक्साएका छन् । कांग्रेस निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको मंगलबारे कार्यक्रममा उनले यसो गर्न भनेका हुन् ।

देउवाले प्रहरी, सेना, न्यायालयसहित कर्मचारी तन्त्रलाई सरकारले पार्टीकरण गर्न खोजिरहेको भन्दै कडकिएका छन् ।

जसरी हुन्छ सरकारविरुद्ध कम्मर कसेर लाग्न  पार्टीका सबैनेता–कार्यकर्तालाई  आदेश गरेरै छाडेका छन् । तर, उनले अवकाश प्राप्त पार्टी निकटका कर्मचारीहरुलाई भने पार्टीले उचित स्थान दिने भन्दै सरकारविरुद्ध लाग्न फकाएका  छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्