Logo

पाँचवटा रेडपाण्डासहित दुइजना पक्राउ


काठमाण्डौ । प्रहरीले अति दुर्लभ बन्यजनतु रेडपान्डासहित दुइजनालाई पक्राउ गरेको छ । अवैध रुपमा विक्रीका लागि रेडपाण्डा बोँकेका दुइलाई प्रहरीले राजधानीको टुकुचाबाट पक्राउ गरेको हो । सोमबार साँझ उनिहरु चावहिलबाट टुकुचा गइरहेका थिए ।

सोही क्रममा पाँचवटा पाण्डसहित शुत्र राइ र पवन श्रेष्ठ पक्राउ परेका हुन् । महानगरीय प्रहरी दरबारमार्गले उनिहरुको साथबाट पाँचवटा रेडपाण्डा पाण्डा बरामद गरेको हो ।

गम्भिर अवस्थामा भेटिएका ति पाँचवटै पाण्डाको मृत्यू भइसकेको छ । पाण्डा बिक्रि गर्न खोज्ने दुवैलाई कारबाहीको लागि प्रहरीले जिल्ला बन कार्यालय हात्तिसार चलान गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्