Logo

अध्यक्ष नेपाललाई पक्राउको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश


काठकाडौं । सर्वोच्च अदालतले ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाललाई पक्राउ गर्नुको कारण सोध्दै बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार गृह मन्त्रालयलाई पक्राउ गर्नुको कारण माग गर्दै बन्दीलाई उपस्थित बनाउन आदेश दिएको हो ।
भदौ १४ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो । बिनाकारण पक्राउ गरेको भन्दै अधिवक्ता सुजित केसीले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।
सर्वोच्चले कारणसहित २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन आदेश गरेको छ । नेपाललाई बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुअघि पक्राउ गरिएको थियो ।
मोदीलाई विरोधस्वरुप कालो झन्डा देखाउने तयारी गरेको भन्दै फणीन्द्रलाई पक्राउ गरिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्