Logo

किन एसियन कप नेपाल खेल्न सकेन ? सन्दिप फेरी चम्किए


काठमाडौं । नेपाल एशिया कप छनोटबाट बाहिरिएको छ । समुह चरणको पाँचौ खेलमा हङकङसंग पराजित भएसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

योसंगै इन्डिया, पाकिस्तान सहभागि हुने एशिया कप खेल्ने नेपालको सम्भावना सकिएको छ ।

यसअघि सूरुवाती व्याटिङ गरेको  नेपालले ३७ दशमलव ५ ओभरमा अलअाउट हुदै ९५ रन बनाएको थियो ।

नेपाल हङकङसंग ३ विकेटले पराजित भएको हो । ९६ रनको लक्ष्य पछ्याएको हङकङले ३२ ओभर २ बलमा भेट्टाएको हो ।
हङकङले नेपालले दिएको ९६ रनको लक्ष्य ७ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको लागी सन्दिप लामीछानेले ५ विकेट लिए । त्यस्तै सागर पुन र बसन्त रेग्मीले एक एक विकेट लिए ।

हङकङको लागी अ‌शुमन रथले सर्बाधिक ५२ रनको योगदान दिए ।

सुवास खकुरेल शुन्य रनमा आउट भएको खेलमा अनिलकुमार शाह १५ रनमा आउट भएका थिए ।

पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र सिंह ऐरी २, सागर पुन ७, आरिफ शेख १८, सन्दिप लामिछाने २ र सोमपाल कामी शुन्य रनमा आउट भएका थिए ।

सन्दिप फेरी चम्किए

नेपाली बलरले सुरुमा ३ विकेट, पछिल्लो समय लगातार ४ विकेट लिएर केही आशा जगाएको भए पनि निकै झिनो लक्ष्य भएकाले त्यसले हङकङको जितका लागि कुनै असर गरेन ।

नेपालका लागि सन्दीप लामिछानेले मात्रै हङकङको ५ विकेट लिए । १० ओभरमा दुई मेडन सहित २७ रन मात्रै दिए । सागर पुनले १ र वसन्त रेग्मीले १ विकेट लिए । यसपटक पनि सन्दिपले उत्कृष्ट प्रदर्शन गर्न सफल भए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ अाेभर ५ बलमा  सबै विकेट गुमाउदै ९५ रन मात्रै बनाएको थियो । ९६ रनको लक्ष्य हङकङले ३२ अाेभर ३ बलमा  ७ विकेट गुमाएर पूरा र्गयो ।

नेपालका बलरहरुले हङकङलाई लक्ष्य भेटाउन निकै चुनौती दिए । निकै झिनो लक्ष्य भएका कारण नेपाल जितबाट बञ्चित बन्यो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्