१४ रन बनाएर पारस आउट
एसिया कप छनौटमा आजको खेलमा नेपालका कप्तान पारस खड्का आउट भएका छन् । छनौटको अन्तिम खेलमा हङकङ विरुद्ध टस जितेको नेपालले पारस खड्कालाई गुमाएको छ । उनी १४ रन बनाएर आउट भइसकेका छन् । नेपालले ११।५ओभर खेल्दै २ विकेटको क्षतिमा ३० रन जोडेको छ ।
उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल शाह क्रिजमा छन् । यसअघि सुभास खकुरेल शुन्यमा आउट भएका थिए ।
अंक तालिकामा हङकङ चार खेल मध्ये २ मा जित र एक बराबरी सहित चौथो स्थानमा छ । नेपाल २ मा जित र २ खेलमा हार सहित पाँचौ स्थानमा छ ।
हङकङ विरूद्धको पछिल्ला पाँच खेलमा नेपालले सुःखद नतिजा निकालेको छ । नेपालले चारमा जित र एक खेल बराबारी खेलेको छ ।