Logo

राष्ट्रपतिद्धार ३४५ जनालाई विभुषण


११ औं गणतन्त्र दिवशको अवसरमा राष्ट्रपतिद्वारा विभिन्न १० विभुषणमध्येको मानपदवीबाट ३ सय ४५ जना विभुषित हुने भएका छन् । आज राष्ट्रपति निवास शितलनिवासमा एक कार्यक्रमको आयोजना गरी उक्त पदवीबाट विभुषित गर्न लागिएको हो ।

नेपाल रत्नबाट एक जना, राष्ट्रगौरवबाट एक जना, महाउज्ज्वल राष्ट्रदीपबाट पाँच जना, उज्जवल किर्तिमय राष्ट्रदीपबाट एक जना, प्रसिद्ध प्रबल जनसेवा श्रीबाट सात जना, सुकिर्तिमय राष्ट्रदीपबाट २१ जना, सुप्रबल जनसेवा श्रीबाट १ सय १९ जना, कीर्तिमय राष्ट्रदीपबाट ५ जना, प्रवल जनसेवा श्रीबाट १ सय ४० जना र जनसेवा श्रीबाट ४५ जना गरी जम्मा ३ सय ४५ जना विभुषित हुँनेछन्।

विभुषित हुने व्यक्तिहरुले परिचय पत्र र ३ नम्बर पोशाक सहित उपस्थितीको लागि राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्