Logo

आज नेपाल पाकिस्तानसँग भिड्दै


साफ च्याम्पियससिप फुटबल २०१८ को पहिलो खेलमा आज नेपाली–पाकिस्तानबीच खेल हुँदैछ । बंगालादेशको बंगबन्धु रंगशालामा दिउँसो ४ बजेदेखि प्रतिस्पर्धा हुने भएको हो । बिगतमा पनि यी दुई देशबीच १५ पटक प्रतिस्पर्धा भइसकेको छ । जसमा ५ खेल नेपालले जित्यो भने ५ खेलमा हार बेहोरेको छ । ५ खेलमा भने बराबरी भएको छ । पछिल्लोपटक सन् २०१३ मा काठमाण्डौमा सम्पन्न साफ गेममा पनि बराबरीमा खेल सकिएको थियो ।

साफ गेममा नेपालका तर्फबाट मुख्य प्रशिक्षक बालगोपाल महर्र्जन रहेका छन् । गोलरक्षक किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् । डिफेन्डरमा आदित्य चौधरी, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, रोहित चन्द र सुमन अर्याल रहेका छन् । त्यस्तै मिडफिल्डरमा हेमन्त थापा मगर, विशाल राई, सुनिल बुलु, सजल श्रेष्ठ र निराजन खड्का छन । जसरी हुन्छ नेपालले अब सेमीफाइनलमा पुग्ने र अन्तत ः उपाधी जित्ने रणनीतिका साथ नेपाल अघि बढिरहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्