Logo

२३ मुलुकका सैन्य गुप्तचरकोे सम्मेलन सुरु


नेपालसहित २३ मुलुकका सैनिक गुप्तचर प्रमूखहरुको ११ औँ सम्मेलन आजबाट सुरु भएको छ । नेपाली सेना र अमेरिकी इन्डो प्यासिफिक कमाण्ड डाइरोक्टरेटको संयुक्त आयोजनामा गरिएको हो । राजधानीको हयात होटलमा सम्पन्न भइरहेको सम्मेलनको उद्घाटन कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका छन् । सो सम्मेलनमा नेपाली सेनाका तर्फबाट २० र २३ देशका ८३ गरी जम्मा १०३ जना सहभागी छन् । सम्मेलन बुधबार सम्पन्न हुनेछ ।

सम्मेलनमा सहभागी हुन आउनुभएका उच्च तहका विदेशी सैनिकहरूलाई विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गराउने कार्यक्रमसमेत राखिएको समेत राखिएको छ ।

भविष्यमा उत्पन्न हुन सक्ने रणनीतिक सुरक्षा चुनौतीको समाधानका लागि अन्तर्राष्ट्रियस्तरमा भेटघाट, छलफल र समन्वयबाट सेनाको इन्टेलिजेन्स क्षमता अभिवृद्धि हुने विश्वास सेनाले लिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्