पाकिस्तानमा मंगलबार राष्ट्रपतिको निर्वाचन
एजेन्सी– पाकिस्तानले नयाँ प्रधानममन्त्री पाएलगत्तै अबको केही दिनमै नयाँ राष्ट्रपति पनि पाउँदैछ । वर्तमान राष्ट्रपति ममनुन हुसैनको कार्यकाल ८ सेप्टेम्बरमा सकिदैछ । राष्ट्रपति हुसैनको कार्यकाल सकिदै गर्दा मंगलबार त्यहाँ नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
अहिले पाकिस्तानमा राजनीतिक बहस चुलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सत्तारुढ दल पिटिएआइ पार्टीका उम्मेद्वार अरिफ अल्चीले जित्ने सम्भावना नजिक रहेको छ ।
सत्तारुढ दलका उम्मेद्वार अल्चीको दाँजोमा अन्य उम्मेद्वारहरुको प्रभाव न्यून रहेको बताइन्छ । पाकिस्तान चुनाव आयोगले सोमबार निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।