Logo

बिमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ : देउवा


चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिमस्टेकको चौथौ सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । आज नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् । उनले यसलाई सफलरूपमा लिनुपर्ने र एक आपसमा सद्भाव बढाउनु पर्नेमा जोड दिए ।

बिमस्टेकले सार्कको महत्व नघटेको भन्दै उनले सार्कको आफ्नै महत्व रहेको बताए ।
प्रेस स्वतन्त्रततामा अंकुश लगाउन नहुने बताउदै उनले सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिए ।

देउवाले मुलुकभर महिला हिंसा बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकरको कमजोरी भएको बताए । ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्