Logo

निर्मलाका सहपाठीको पत्रले प्रधानमन्त्री सक्रिय


 

काठमाण्डौ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका सहपाठीले प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । सो पत्र पढेपछि प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रालयले तत्काल उच्च अधिकृत नेतृत्वको सीआईवी टोली अनुसन्धानका लागि आइतबार महेन्द्रनगर पठाएको छ । अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट विज्ञको सहयोग लिएर गम्भीरतासाथ अनुसन्धान भइरहेको खबर छ ।

प्रहरीले बम दिदीबहिनीको बयान सकाई पोलिग्राफ चेकजाँचको तयारी गरिरहेको छ । आरोपीले साँचो बोले नबोलको अनुसन्धान गर्न पोलिग्राफ उपयुक्त माध्यम हो । प्रहरी थुनामा रहेका दिलिपसिंहको पनि काठमाण्डौमा डिएनए र मानसिक स्वास्थ्य परिक्षणण भइरहेको छ । यी सबैको रिपोर्ट आउन केही समय लाग्नेछ । दिलिपसिंह निर्दोष भएको भन्दै स्थानीयले बास्तविक अपराधी पत्ता लगाउन सरकार विरुद्ध आन्दोलन गरे । सन्नी खुन्नाको प्रहरीको गोली लागी मृत्य भयो ।

निर्मलाको बलत्कारपछि हत्या भएको ३९ औँ दिन वितिसकेको छ । हत्याको अनुसन्धान भइरहेको भएपनि प्रधानमन्त्रीको हातमा निर्मलाकी सहपाठीहरुले पठाएको पत्र परेपछि अनुसन्धान द्रुत गतिमा भइरहेको खबर छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्