Logo

सामाजिक सञ्जालप्रति इजिप्टमा कठोर कानुन


कायरो । इजिप्ट सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति नियन्त्रणमखी कानुन बनाएको छ । गलत समाचार प्रकाशन वा प्रशारण गरेमा वा कानुनको उलंघन गरेमा वा कानुनको उलंघन गरी हिंसा वा द्धेष फैल्याउन सूचना प्रवाह गरेमा व्यक्तिगत एकाउन्ट निलम्बन वा बन्द गर्ने कानुन बनाएको हो । वेबसाइट तथा सामाजिक सञ्जालहरुको गलत प्रयोग गर्नेलाई सजाय तथा दण्ड जरीवाना गरिने जनाइएको छ ।

इजिप्टमा अहिले ५०० भन्दाबढी वेबसाइटहरु बन्द गरिएका छन् । अरु पनि धेरै अनलाइन , वेबसाइट तथा व्यक्तिगत ब्लगहरु बन्द हने आंशका गरिएको छ । गत जुलाइमा संसदबाट पारित उक्त कानुनमा सञ्चार माध्यम नियमनका लागि सर्वोच्च परिषदलाई कामको जिम्मेवारी दिएको छ । जारी काननसँगै इन्टरनेटको प्रयोग र यसको व्यवस्थापनबारे बहस सुरु भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्