Logo

प्लास्टिकको झोला तत्काल नरोक्न सर्वोच्चको आदेश


काठमाण्डौ । सवोच्च अदालतले तीस माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला प्रयोगमा प्रतिवन्ध नलगाउन आदेश दिएको छ । झोलामा रोक लगाउनुपर्नेृ औचित्य नदेखिएको भन्दै सर्वोच्चले वन तथा वातावरण मन्त्रालयलाई अन्तरिम आदेश जारी गरेको हो । मन्त्रालयले गएको जेठ २३ गते ३० माइक्रोनभन्दा कम मोटाइका झोलामा रोक लगाउने निर्ण गरेको थियो ।

प्रदुषण रोक्न नयाँ विकल्प अघि बढाएको मन्त्रालयलाई सर्वोच्चका न्यायाधीशद्धय मीरा खड्का र टंकबहादर मोक्तानको संयुक्त इजलासले आदेश जारी गरेको हो । मन्त्रालयले २०७१ चैत्र १८ गते ४० माइक्रोनभन्दा म मोटाइको प्लास्टिक झोला आयात, भण्डार, बिक्रिवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको सूचना छपाई २०७२ वैशाखदेखि लागु गरेको थियो । तर प्रतिवन्धको कुनै आधार र कारण नदेखिएको आदेशमा उल्लेख छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्