Logo

श्रदाञ्जली दिपेश श्रेष्ठ


हादिक श्रद्धाञ्जली !!! अप्रिय अनि दुखद घटना १ हाम्रो संगठन वाईसीएल नेपाल पुर्ब केन्द्रीय सदस्य प्रिय युवा नेता कमरेड दिपेश श्रेष्ठको अकल्पनिय र असामयिक निधनको खबरले हामिलाइ मर्महात र स्तब्ध बनाएकोछ । क।दिपेश प्रती हार्दिक श्रद्धाञ्जली साथै शोकाकुल परिवारजनहरुमा गहिरो समबेदना ब्यक्त गर्दछौं।

कम्रेड दिपेशले आफु भौतीक शरिर रहिन्जेल आफ्नो परिवार भन्दा पनि राष्ट्र र जनताको सेवकको रुपमा हरदम खटिरहनु भयो । कसलाई के थाहा आफ्नो जीवन लिला यही नै वेला सकिन्छ भनेर, तर पनि उहाँ आफ्नो भौतीक शरिर भन्दा पनि मानविय भावनाले देशको सेवा गरि नै रहनु भएको हुनाले, उहाँको भौतीक शरिर सकिएतापनि जीवन लिलाको भावना, जिजिविसा आत्मा अमर रहनेछ । उहाँको विचार, जनताको सेवा र राष्ट्र प्रतिको भावना कहिले मर्ने छैन । त्यो तमाम् वासियल प्रतिनीधिहरुले उहाँको भावनालाई कदर गर्दै देश र जनताप्रति सर्पित गरि नै रहने छ । गरि नै रहन्छौं ।

दुनियाँ बदल्ने सोच, बिचार लियएर अगाडि बडेका यी पाइलाहरु आज बीच बाटोमानै अकसमात रोकिए । ती उहाँको महान सपनाहरू समयको बेग सङ्गै क्षितिज भै तेसै(तेसै बिलाएर जाने छैन । मात्रै उहाँको भावना अन्य सबै योद्धा कम्रेडहरुमा सरेको हो । मानब जिवनको योग जन्म र मृत्युको अन्तिम सत्य मृत्युलाई नचाँहादा नचाँहादै पनि ग्रहण गर्नुपर्ने हामी मानिसको नियति त्यही नियतिको सिकार भएकोछ, हाम्रो सहयोद्दा कामरेड दिपेश श्रेष्ठ ।

हरेक मान्छेको दुई पाटो ९सकारात्मकपक्ष र नकारात्मकपक्ष० हुन्छ । त्यही सकारात्मक पक्षहरु मध्येको एउटा गुण हो आफुलाइ क्यान्सर जस्तो प्राण घातक रोगको सङ्क्रमण हुँदा पनि खुल्ला हृदयले जिवनको अन्तिम सास फेरिन्जेल सम्म सहज र सरल रूपमा बचाउने कोसिस गर्नु भयो। यो कोसिसको बाबजुद पनि जुन अत्यन्तै दुस्खद घटना भएकोछ । यस्ले हामी वासियल केन्द्रिय समिति, प्रदेश एक समिति तथा सबै वासियल परिवार स्तब्ध भएकाछौं । यो दुःखद् घडीमा सहयोद्ध कामरेड दिपेश श्रेष्ठप्रती अन्तिम श्रदा सुमन व्यक्त गर्न चाहन्छौं। साथै सोककूल परिवार जनप्रती समवेदना प्रकट गर्न चाहन्छौं ।
केन्द्रिय सचिव तथा प्रदेश एक इन्चार्ज क. चिन्तन, पुर्ण भूजेल तथा प्रदेश एक वासियल सपरिवार ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्