कर्मचारीले वहुविवाह गर्ने छुट पाए
अब कर्मचारीले बहुविवाह गरेपनि केही फरक नपर्ने भएको छ । सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक वर्ष लगाएर बनाएको विधेयकको वह्विवाहसम्बन्धी प्रावधान मन्त्रिपरिषदले हटाएसँगै कर्मचारीले छुट पाउने भएका हुन् । मन्त्रालयको प्रस्तावित विधेयकमा वहुविवाह गर्ने कर्मचारीलाई सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी बर्खास्त गरिने प्रावधान थियो । तर यो प्रावधान हटाएसँगै कर्मचारीले वहविवाह गर्ने छुट पाएका हन् । तर, खुलेआम वहुविवाहको स्विकृति दिएको भन्दै सरकारले आलोचना खेपिरहेको छ ।