Logo

पुस्तक बिमोचन ! किन किरात प्रदेश ?


ऐतिहासिक  काल देखि नै प्रदेश नम्बर एक मा रहेका जिल्लाहरुलाई वल्लो किरात पल्लो किरात र माँझ किरात को नामले चिनिदै आएको छ । किरात प्रदेश नामांकन को लागि यस पुस्तक को प्रकाशनले बैचारिक रुपमा सहयोग पुग्ने लेखक को विश्वास रहेको छ ।

देश संघिय संरचनामा गए पछि प्रदेश हरुको नामांकन को विषयमा बहस भैरहेको छ । प्रदेश नम्बर ७ र ४ को नामांकन कर्णाली प्रदेश र गण्डकी प्रदेश रहेको छ भने बाकी प्रदेश हरुको नामांकन के हुने हो टुंगो लाग्न सकेको छैन ।

यसैबिच आज बरिष्ठ पत्रकार तथा लेखक जनकऋषि राई को पुस्तक “किन किरात प्रदेश” बिमोचन भएको छ । किरात राई विधार्थी संघ को २० औं वार्षिक उत्सबको अवसरमा आयोजित कार्यक्रम मा पुस्तक बिमोचन गरिएको छ ।

लामो समय देखि पत्रकारिता गरिरहेका लेखकले यस पुस्तक मार्फत किरात प्रदेश हुनुपर्ने आधारहरु को बारेमा पुस्तकमा उल्लेख गरेको बताएका छन । किरात एक सभ्यता भएकाले प्रदेश एक को नाम किरात प्रदेश राख्न उपयुक्त भएको र प्रदेश एक को बहुमत जनमत पनि किरात नै रहेको कारण किरात प्रदेश नै उपयुक्त रहनेछ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्