Logo

अमेरिकीले पाकिस्तानलाई दिने ३० करोड डलर रोक्का, प्रधानमन्त्री खानलाई झट्का


काठमाडौं । अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड अमेरिकी डलर नदिने निर्णय गरेको छ ।

पाकिस्तानले आतंकवाद नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सहयोग रकम रोक्का गर्ने निर्णय गरिएको हो ।

अमेरिकी रक्षा मन्त्रालयका लेफ्टिनेन्ट कर्णेल कोनी फाकनरले विज्ञप्ति निकाली पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएका कारण सहयोग रकम रोक्का गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

यसअघि ट्रम्प प्रशासनले पाकिस्तान उग्रवादीको अखडा बनेको र पाकिस्तानको आडमा अफगानिस्तानमा १७ बर्षदेखि आतंकवाद मौलाएको आरोप लगाएको थियो । यद्यपि, पाकिस्तानले भने अमेरिकी भनाईप्रति आपत्ति जनाएको छ ।

यसअघि पनि अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ५० हजार अमेरिकी डलरको सहयोग रद्द गरेको थियो । अमेरिकी निर्णयले नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भने झट्का लागेको छ ।

पाकिस्तानको सत्ता सम्हालेलगत्तै अमेरिकाले सहयोग रकम रोक्का गर्दा खानलाई अप्ठेरो परेको हो । अमेरिकाले पाकिस्तानका लागि हालसम्म ३३ अर्ब अमेरिकी डलर सहयोग गरिसकेको एजेन्सीले जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्