Logo

एसिया कप छनोट : नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित


काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा सिंगापुरलाई ४ विकेटले हराएर नेपालले दोस्रो जित हात पारेको हो ।

युकेएम-वाईएसडी ओभलमा सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा अनिल कुमार साहले ३२ बलमा सर्वाधिक ४३ रनको योगदान गरे ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३, ज्ञानेन्द्र मल्लले ३५ बलमा २९ रन बनाए भने सागर पुन र सुवास खकुरेलले समान १४/१४ रन जोडे ।  कप्तान पारस खड्का ११ रनमा आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो । सिंगापुरको लागि चेतन रामचन्द्रले सर्वाधिक ६० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन ।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका ललित राजवंशी र सन्दिप लामिछानेले समान ३\३ विकेट लिए । सोमपाल कामीको नाममा दुई विकेट रह्यो ।

यो जितसंगै नेपालले ४ खेलबाट ४ अंक जोडेको छ । र, नेपालले शीर्ष स्थानमा रहदै एसिया कपमा छानो हुने सम्भावना कायम राखेको छ ।

राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको एक टोलीले एसिया कपको टिकट काट्ने छ । अर्थात्, शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनलको विजेताले एसिया कप खेल्नेछ ।

अब नेपालले अन्तिम खेलमा मंगलबार हङकङसंग खेल्ने छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्