Logo

दावा लामा पक्राउ, लामालाई नियन्त्रणमा लिएको भन्दै तरुण दलको आपत्ति


संवाददाता

काठमाडौं । काभ्रेका दावा लामा पक्राउ परेका छन् ।

गुण्डा नाइके लामालाई गुण्डागर्दी र सट्टबाजीको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुण्डागर्दी तथा गैह्रकानुनी गतिविधि गरेको भन्दै प्रहरीले केही समययता उनको खोजी गरिरहेको थियो । थप बिवरण आउँन बाँकी छ ।

दावा लामालाई नियन्त्रणमा लिएको भन्दै तरुण दलको आपत्ति:

नेपाल तरुण दलले विनासर्त दावा लामाको रिहाइको माग गरेको छ।

शनिबार दलद्वारा जारी विज्ञप्तिमा लामाको रिहाइको माग गरिएको उल्लेख छ।

दुबईबाट नेपाल फर्कने क्रममा इन्दिरा गान्धी विमानस्थलमा केही सोधपुछको लागि अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिएको लामाले तस्बिरमार्फत् दललाई जानकारी गराएका थिए।

‘एक लोकतन्त्रवादी तरुणमाथि अनायसै भएको यो धरपकडप्रति दलको ध्यानाकर्षण भएको छ’,  दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘काभ्रे जिल्ला अध्यक्ष जितेन्द्र तामाङ (दावा लामा) लाई विनासर्त रिहाइको माग गर्दछौं।’

https://www.youtube.com/watch?v=f2aJ0NV14ME

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्