Logo

बंगबन्धु कप च्याम्पियन नेपाल नेपाल समूह ‘ए’ मा , प्यालेस्टाइन र ताजिकिस्तानसंग खेल्ने


काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेश फुटबल फेडेरेसनले शनिबार सार्वजनिक गरेको ड्रमा नेपाल समूह ‘ए’ मा परेको हो  ।

साबिकको बिजेता समेत रहेको नेपालको समूहमा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ ।  बंगबन्धु गोल्डकप अक्टोबर १ देखि १२ सम्म बङ्गलादेशको ढाकामा आयोजना हुनेछ ।

राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।  समूह ‘बी’ मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेको छ  ।

सन् २०१६ को संस्करणको बंगबन्धु गोल्डकपको उपाधि नेपालले जितेको थियो ।  जुन नेपालले २३ बर्षपछि ठुलो उपाधि चुमेको हो ।

नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा विमल घर्तीमगर,नवयुग श्रेष्ठ र बिशाल राईले गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्