Logo

काष्मण्डपको निर्माण मंसिरबाट


 

काठमाडौं :काष्ठमण्डप पुनर्निर्माण मंसिरबाट गरिने भएको छ । क्षमापूजा गरेको तीन महिनापछि हनुमान ढोका दरबार क्षेत्रभित्र रहेको काष्ठमण्डपका लागि इँटा निर्माण, जग परीक्षणलगायत पूर्वाधारको काम थालिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका सम्बन्धमा विवाद भएपछि स्थानीयले बनाउने जिम्मा लिएका थिए । क्षमापूजामा गरेको प्रतिबद्धताअनुसार पूर्वाधार तयारीको काम सुरु भएको छ ।

काष्ठमण्डपमा रहेका काम लाग्ने र नलाग्ने वस्तु छुट्याउने काम भइरहेको छ । भदौभित्रै जग विश्लेषण प्रतिवेदन आएपछि निर्माण थालिने  छ । विज्ञ समूहको सिफारिसमा रेजिल्यान्ड स्ट्रक्टर प्रालिले जग विश्लेषण प्रतिवेदन तयार गरिरहेको छ ।

पुरानै शैलीमा निर्माण गर्न त्यस्ता इँटा बनाउने अर्डर दिइसकिएको छ । मन्त्री स्तरीय निर्णय गराएर बर्दिवासबाट काठ ल्याउने प्रक्रियासमेत सुरु गरिएको छ । माटोको गुणस्तर परीक्षणको काम भइरहेको छ ।

तीन वर्षभित्र काष्ठमण्डप पुनर्निर्माण गर्ने गरी अहिलेसम्म ५० लाख रुपैयाँ ‘सिड मनी’का रूपमा काठमाडौं महानगरपालिकाबाट उपलब्ध भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्