जोशीले बालुवाटार छाडे
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार साँझबाट बालुवाटार छाडेका छन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि २० साउनदेखि बिदामा छन् ।
५ चैतदेखि प्रधानन्यायाधीशनिवास बालुवाटार बस्न थालेका जोशी बिहीबार धुम्बाराही स्थित आफ्नै निवास सरेका हुन् । १ चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि कामु प्रधानन्यायाधीशको हैसियतमा जोशी बालुवाटार सरेका थिए ।
१८ साउनमा संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गरेपछि २० साउनदेखि घर बिदामा बसेका थिए । १५ दिनको बिदामा बसेका जोशीले समय अवधि थपेर ६ दिन बिदामा बसेका थिए ।
थप गरेको ६ दिनको बिदाको ९ भदौमा सकिएपछि जोशीले बिहीबारबाट सरकारीनिवास बालुवाटार छाडेका हुन् । बिदा सकिए पनि राजीनामा नदिने पुनः प्रतिबद्धता जनाएका छन् । जोशी बिदामा बसेपछि वरिष्ठताका आधारमा सर्वोच्चको कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा ओमप्रकाश मिश्रले मुद्दाको पेसी तोकिरहेका छन् ।