Logo

‘दोषिलाई कुनैपनि हालतमा उन्मुक्ति दिनु हुँदैन’ ‐खानेपानी मन्त्री मगर


खानेपानी मन्त्री बिना मगरले बलात्कार पछि हत्या भएकी बालिका निर्मला पन्त र शहिद सन्नी खुनाको परिवारसँग शनिबार भेटघाट गरेकी छिन् । सरकाले घटनाबारे छानबिन गरिरहे पनि दोषि पत्ता लगाउन सकेको छैन् ।

मगर पिडित परिवारलाई सानत्वना दिन कञ्चनपुर पुगेकी हुन् । निर्मलाकी आमाले घटनाबारे मन्त्री मगरलाई बताउने क्रममा रोएपछि उनले अँगालो हालेर हिम्मत नहार्न अनुरोध गरेकी थिइन् । हत्यारा छिट्टै पक्राउ पर्ने भन्दै दोषिलाई कारबाही गर्न सरकार गम्भीर भएको उनले बताइन ।

साथै ‘दोषिलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने’ उनले बताइन् । उनले शहिद सन्नी खुनाकी आमा भेटेर दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै शहिद परिवारप्रति सदासयता देखाएकि छिन् ।

घटनाका बारेमा प्रहरी प्रशासनसँग जानकारी समेत लिइन । उनको बिहीबार राति बलात्कारको शिकार भएकी अर्की १७ वर्षीय किशोरीको परिवारसँग भेटने कार्यक्रम रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्