Logo

एसिया कपमा नेपालको पहिलो जित


काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।
मलेसियाको सुरुवात राम्रै थियो । तर, अन्तिम समयमा नेपालका बलर हावी भए । २६।२ ओभरमासन्दीप लामिछानेले मोहम्मद रम्लीलाई १६ रनमा आउट गराए भने चौथो बलमा अर्को विकेट लिए । २८ ओभर लिएर आएका सोमपाल कामीले मलेसियाका मोहम्मद अन्वार रहमानलाई शुन्य रनमा बोल्ड आउट गराए । २९ औं ओभरको अन्तिम बलमा बसन्त रेग्मीले विकेट लिए ।
अन्तिम ओभरमा मलेसियालाई २५ रन आवश्यक थियो तर, सोमपालले ५ रन मात्र दिए ।
मलेसियाका लागि अजिज मुबारक र अन्वार अरुदिनले समान ३४(३४ रन बनाए भने अहमेद फैजले २२ भिरनदिप सिंहले २१ र शाफिक शारिफले ९ रन बनाए । नेपालका लागि बसन्त रेग्मीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्