Logo

परराष्ट्रमन्त्री ‘प्रदीप’ श्रीराम मोदीका गोर्खे पवनपुत्र–खगेन्द्र संग्रौला


नेपाली लेखन जगतमा खगेन्द्र संग्रौला परिचित नाम हो । उनि जति परिचित छन् त्यति नै आलोचित पनि छन् । सरकारका कमजोरी, बेइमानीको उछितो काढ्न, ठूला-ठालू प्रवृतिको शेखी झार्न र दबिएकालाई उठाउन उनि लेख्छन् । यो कर्मले उनलाई ताली र गाली दिइरहन्छ । अनवरत यही कर्ममा लीन संग्रौला पछिल्लो समय सामाजिक सञ्जाल फेसबकमा उदाएका छन् । केही न केही पोष्ट नगरेका दिन सायदै होलान् ।

त्यस्तै केहीबेर अघि उनले भर्खरै सम्पन्न बिमस्टेक सम्मेलनबारेको धारणा पोस्ट गरेका छन् । जहाँ, उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय प्रधानमन्त्रीका गोर्खे पुत्र भनेका छन् । दिल्लीको जासुसी थिंक ट्यांकले संयुक्त सैन्यअभ्यास गरेर पाकिस्तानलाई थर्काएको र चीनलाई जोरी नखोज्न ध्वाँस दिएपनि मन्त्री प्रदीपले कसैका विरुद्ध परिलक्षित नभएको बताउनुले प्रदीप मोदीका गोर्खेपुत्र देखिएको उनको आशय छ ।

उनले लेखेका छन्–‘दिल्ली दरबारका जासुसी थिंक ट्यांकले कुरो घुमाएर भनिसके –संयुक्त अभ्यास पाकिस्तानलाई थर्काउने र चीनलाई जोरी नखोज्न ध्वाँस दिने जुक्ति हो । यता परराष्ट मन्त्री प्रदीप भन्दैछन्–संयुक्तअभ्यास कसैका विरुद्ध लक्षित छैन । हैट, मोदीका गोर्खे पवनपुत्रसँग नसकिने भो ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्