१९ तोपको सलामी, पहिचानको मलामी !
आश कुमार राई
काठामाण्डौ- संसदिय चुनाबको मत परिणाम पछि झण्डै दुई तिहाई मत पाएको बाम गठबन्धनले चुनाबी नतिजा पछि सबै भन्दा पहिले, सम्पुर्ण कम्युनिष्ट बिचार नीति, सिद्धान्त, दर्शन, मूल्य अनि मान्यताहरुलाई खारेज गर्दै पार्टी एकता गर्न प्रतिवद्द भए।
लगत्तै संघिय राज्य मध्यको एक नंबर प्रदेशको टाउको काटियो र अठार, उन्नाईस हुँदै २९ औं बैचारिक तोपको सलामी सहित पहिचान संघियता बिरोधि प्रतिक्रियावादीको टाउको ल्याएर जबर्जस्त एक नंबर प्रदेशको काटिएको घाँटिमा गाँसियो र कम्युनिष्ट बिचार र पहिचान पक्षधरहरुलाई निषेध गर्दै प्रतिक्रान्तिकारि पार्टी एकताको बल्लियो आधार तयार गरियो।
किन सबै भन्दा पहिले एक नंबर प्रदेशमा नै यस्तो प्रपोगाण्डा गरियो त ?
(१) क्रान्तिकारी राजनिती बाट स्थापित बिचार, नीति, सिद्धान्त र निष्ठा बाँचेको थियो भने एक नंबर प्रदेश र उस्को तत्कालिन एनेकपा माओबादी केन्द्रको एक नं पर्देश र उस्को नेतृत्वमा मात्र बचेको थियो जस्ले गयर क्रान्तिकारी बाटो र गयर कम्युनिष्ट पार्टी निर्माणमा बाधा पुग्ने निश्चित थियो।
(२)सयौं बर्ष देखि चल्दै आएको एकात्मक हिन्दु नश्लबादी राज्य ब्याबस्था ढल्ने निश्चित थियो जुन मुद्दाको संस्थापक नेता तथा मेरुदण्ड सोयं एक नंम्बर प्रदेश पार्टि ईन्चाज नै थिए।
(३)पहिचान बिरोधि नीति लागु गर्न एक नंबर प्रदेशमा गाह्रो थियो र एक नंबरमा लागू गर्न सकियो भने पुरै देश आफ्नो अनुकुलतामा हिँडाउन सकिन्छ भन्ने उनिहरुको ठहर थियो।
(४)पुर्ब एक नंबर प्रदेशको किराँतहरु बिच बिभाजन नगरी आफ्नो उदेश्य पूरा नहुने निष्कर्ष सहित उक्त प्रपोगाण्डाको डिजाईन गरियो।
“अनि राता रात एमाले काङ्रेसको छायाँ संङ्गठन किराँत राई यायोख्खाहरु लाई फेरि डिजाइनमा सकृय बनाईयो अनि पहिचानको नारा उरालेर २५ लाख हस्ताक्षर संकलन गरेर उनका मालिकहरु लाई बुझाईयो भनी गतिलै मिडिया बाजि गरियो।”
* कम्युनिष्ट पार्टी भित्र हुनै पर्ने कुरा बिचार र नैतिकता हो तत्कालीन माओबादिको एक नं प्रदेश ईन्चार्ज पार्टिको एक निष्ठावान ब्यक्तित्व पार्टि भित्र उच्च बैचारिकस्तर कायम गर्दै कार्यनितिक कुरामा स्पष्ट अनि कट्टर सर्बहारा पक्षधरता भएको कारणले नै उनीहरुको बर्ग स्वार्थमा बाधा पुग्ने भएकोले उनलाई सबै भन्दा पहिले पन्छाईयो।
* संबिधानको प्रस्तावनामा धर्म्निरपेक्ष राज्य लेखिएको छ जुन कुरा उनिहरु लाई मन परेको छैन। सरकार गठन हुनु बितिक्कै क्यालेन्डर बाट जनजातिहरुको पर्व हरुमा दिईदै आएको सरकारी छुट्टीहरु कटौती गर्नु हिन्दु साँस्कृतिक पर्वहरु यथावत राख्नु र अहिले मुलुकी ऐनमा धर्म्निरपेक्ष कानुन संङ्ग बाँझिने धार्मिक नियमावलीहरु धमाधम संशोधन गर्दै हिन्दु धर्म सापेक्ष नियमहरु बनाउनुले स्पष्ट पार्छ कि उस्को असली नियत के हो भनेर।
* तत्कालिन प्रदेश नं एकको ईन्चार्जमा केही ब्याक्तीगत समस्याहरु रहे पनि उनिसंङ्ग राजनैतिक नैतिकता भने छ। उनी निष्ठावान, कम्युनिष्ट बिचार र बैचारिक स्पष्टता दुरदर्शिता भएको पहिचान र जातिय मुक्ती आन्दोलनको प्रनेता पनि हुन। त्यसैले पहिचान र जातिय मुक्तिको उद्गम थलो एक नंबर प्रदेश नै भएकोले पनि एक नंबर प्रदेशको तत्कालिन पार्टिको नेतृत्व लाई सुनियोजित तवरले बाहिर र भित्र बाट षड्यन्त्र गरि निसाना बनाईयो। नयाँ सरकार गठन प्रक्रियामा एक नंबर प्रदेशको एक जना पनि मन्त्री नहुनुले पनि स्पस्ट हुन्छ कि यो सरकार र उस्को पार्टीमा एक नंबर प्रदेशका किराँतीहरु प्रती कत्ती नश्लिय पुर्बाग्रहिता राख्छ ?
* जस्तै दिउँसो खड्ग ओलिले झापामा कोशी प्रदेशको नाम उच्चारण गर्दा यता धरानमा तिलबिक्रम नेम्माङहरुले धर्म सभागर्दै किरात र युमा फरक हो राई र लिम्बू एउटै होईन भनेर किरात राज्य र किरात लाई स्विकार नगर्ने उक्त उदघोष कुनै पनि सम्योग नभै यो सबै बृहत् योजनामै भएको हो भन्ने कुरा आफै सुस्पष्ट छ।
अनि डिजाईनमा पहिचान संघियता र कम्युनिष्ट बिचारको कट्टर पक्षधर एक नंबर प्रदेशको पार्टि नेतृत्व माथी हठात कार्बा्हिको माग गर्न लगाईयो त्यसको निमित्त अधिकांश आफ्नै नाक आफ्नै अनुहार आफ्नै भाषाआफ्नै कद आफ्नै थरको राजनैतिक महाजाल भित्रको केही अबोध बालकहरुलाई हातमा ललिपप थमाएर मज्जाले उपयोग गरियो।
अनि राता रात एमाले कंग्रेसको छायाँ संङ्गठन किराँत राई यायोख्खाहरुलाई फेरि डिजाइनमा सकृय बनाईयो अनि पहिचानको नारा उरालेर २५ लाख हस्ताक्षर संकलन गरेर उनका मालिकहरु लाई बुझाईयो भनी गतिलै मिडिया बाजि गरियो। तर कत्ती हस्ताक्षर पुर्याए पछि संसदमा छलफलको लागि उक्त बिषयले ठाँउ पाउछ?
किन संसदमा उक्त बिषय बारे अहिले सम्म छलफल हुन सकेन ? अनि उक्त २५ लाख हस्ताक्षर अहिले कहाँ छ ? प्रतिक्रियावादी सरकारले यत्तिबेला कोशि प्रदेशको ड्राफ तयार पारेर घोषणा गर्न ठीक्क पारेको छ। यदि उक्त पहिचान बिरोधी नामाङ्कणको घोषणा भयो भने किरात राई यायोख्खाले २५ लाख हस्ताक्षर कर्ताहरुलाई सडकमा उतार्न सक्छ ?
किरात राई यायोख्खाको राजनैतिक हैसियत र बर्गिय जात के हो ? यदि उक्त समयमा सडकमा उस्को २५ लाख हस्ताक्षर कर्ता उतार्न सकेन भने यायोख्खा लाई के भन्ने ? यस कारण यायोख्खाको यो २५ लाख हस्ताक्षर अभियान एक नियोजित प्रपोगाण्डा मात्र हो भन्ने कुरा आफै सुस्पष्ट हुन्छ।
उता एउटा गर्बिलो ईतिहास र छुट्टै बिरासत बोकेको किरात राष्ट्रिय मुक्ति मोर्चा उसै बेला एक खेलाडिमा सिमित क्यारेमबोर्डको गोट्टी जस्तै बन्यो जस्लाई प्रतिक्रियावादी हातहरुले नमज्जाले खेलाउनु सम्म खेलाए। मोर्चाले उस्कै संस्थापक नेताको बैचारिक लाईनको रक्षा गर्नुको साट्टो आफैले गर्धन तरि दिएर प्रतिक्रियावादीहरुलाई बार बार मार हान्न उल्टै मद्धत पुर्यायो।
अन्तत: राम प्रशाद राई र नारदमुनि थुलुङको ईतिहाँसिको ऐतिहाँसिक समिक्षाको माग गर्दै आम किराति समुदाय लाई नै यत्तिबेला दुई खेमामा बिभाजन गरि एतिहाँसिक कलंकको टीका लगाउन मन्जुर भई किरात मोर्चा यत्ती बेला कथित एकताको नाम दिईएको हिन्दु आर्य बन्धु बान्धबको देवालीमा सामेल भई उनीहरुको आगनको एक कुनामा बिटुलो अनि अछुतोजातिको पहिचान स्विकार गर्दै आफ्नो घरमा आगो लगाएर आनन्दले रमित हेरेर बसिरहेका छन। यो आम समुदाय र राष्ट्रको लागि सबै भन्दा ठुलो दुर्भाग्य हो।
गितामा महाभारतको प्रबक्ता भगवान श्री कृष्णले भनेका छन बेदहरुमा म सामबेद हुँ! देवता हरुमा ईन्द्र हुँ! ईन्द्रीय हरुमा मन हुँ! ज्ञानी हरुमा कपिल हुँ! जातहरुमा ब्राह्मण हुँ यसै गरि शकर, कुबेर, अग्नि, गंङ्गा सबै सबै राम्रा बस्तु,हरु जत्ती छ्न त्यो म नै हुँ भन्दै आफुले आफ्नो प्रशंसा गर्दै आफुले आफै लाई ठूलो भगवानमा प्रबर्तन गरे जस्तै उहि कृष्ण चरित्र संङ्ग मिल्दो जुल्दो यो देशमा एउटा सरकार र उस्को पार्टी छ।
जसले ग्याँस, चुला, चौका, रासन, पानी, नुन, तेल, लत्ता कपडा, रेल, गाडी, देखि लिएर बिकाश, समृद्धि, सुसासन, न्याय, अधिकार, मुक्ति यी सम्पुर्ण कुराको एक मात्र मुक्ति दाता महान नेता अनि कुशल सासक मै हुँ ! किनकी यो ईतिहाँसकै सबभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टिको नेतृवको सरकार हो। त्यसको नेतृत्व मैले गरेको छु अनि संसदमा मेरो पक्षमा दुई तिहाई बहुमत पनि छ भन्छ।
अनि उस्को राज्यमा फोहरको डंङ्गुर दुर्गन्ध धुलो धुँवा अनि हिलोले सजिसजाउ महंङ्गिको ईन्देणी, बलात्कारको संदर्य चित्र, तस्करहरुको अखडा, भ्रष्टाचारि संस्कार अपराधीहरुको खेल पनि कम महत्व र प्रशंसनिय छैन। अनि उस्को मानसिक नीति अनुसार उस्को क्रान्तिकारी नेता देखि कार्यकर्ता तह सम्मको उस्को कारिन्दाहरुले स्तर अनुसारको जिम्मेवारी लिन लाई सबैले अनिबार्य जनै लगाउनै पर्छ। नलगाए पनि मन्त्र बुझ्ने हुनु पर्छ त्यस्तो कलस्टरमा दास दासीहरुको राम्रो ब्याबस्था मिलाईएकै छ । किनकी उनी कम्युनिष्ट हुन तर फेरि खासमाचैं उनी श्री कृष्ण जस्तै हुन अनि श्री कृष्ण ब्राह्मण हुन।
“उठिसकेको आन्दोलनको एक गौरबमय संस्था किरात राष्ट्रिय मुक्ति मोर्चा लाई फेरि एक पटक उहीँ कृष्ण भगवानको ठिक मन्दिर अगाडि बिसर्जनको टपरिमा सजिई सकिएको छ।”
उसको कम्युनिष्ट पार्टि भित्र बिचार, दर्शन, सिद्धान्त र नीति भन्दा माथी बेद छ। कार्यलयमा मार्क्स, एङगेल्स, लेलिन, माओको फोटो राख्न मनाही छ किनकी तिनी हरुले कहिले पनि जनै लागाएका थिएनन।
त्यसैले उस्को कम्युनिष्ट पार्टिमा मार्क्सवाद हैन भाग्यवाद लाई बिष्वास गरिन्छ त्यसैले उस्को नेताहरु म मन्त्री हुन्छु कि हुँदिन भनेर बुझ्न ज्योतिषी कहाँ पुग्छन म केन्द्रिय समितिमा पर्छुकी पर्दिन भनेर पनि सबै भन्दा पहिले ज्योतिषी कहाँनै पुग्छन। मन्त्री हुन लाई पार्टी अध्यक्ष हुन लाई रुद्री पुजा जाप अनि देवाली गरेर बोका काटिन्छ।
तर यो युग श्री कृष्ण भगवानको युग हैन यो पुजा गरेर आफ्नो मनोकांक्ष पूरा हुने युग र एउटा अमुख, जाती, धर्म अनि समुदायले शासन गर्ने समय पनि हैन। यो त सर्बत्र बिज्ञानको राज चलिरहेको सुन्दर समय अनि समाजबादी आधार तयार गर्ने महत्वपूर्ण युग हो। त्यसैले :
(१) यो बिज्ञानको दुनियामा यस्तो चरित्र र चिन्तन बोकेको कम्युनिष्ट पार्टिले हाम्रो समाज र देश लाई कहाँ पुर्याउछ ?
(२) कम्युनिष्टको मुल दर्शन के हो ?
(३) कम्युनिष्ट चरित्र कस्तो हुनु पर्छ ?
(४) कम्युनिष्टले कुन कुन कुरा लाई त्यागेर कुन कुन कुराको बिकाश गर्नु पर्छ ?
(५) कम्युनिष्टको जात र धर्म के हो ?
(६) कम्युनिष्टको बर्ग र बर्ग पक्षधरता के हो ?
(७) यो नश्लिय धार्मिक अतिबादी हरुले कम्युनिष्ट सिद्धान्त बिचार र नीति लाई स्थापित गर्छ कि बिस्थापित गर्छ ?
त्यसैले सत्य कुरा यिनै हुन कि एक मात्र दुनिया हेर्ने न्यायोचित र निर्बिकल्प दर्शन मार्क्सवादी दर्शन नै हो। हरेक कुराको मुक्ति बिज्ञान हो। हरेक कुरा बिज्ञान सम्बध्द हुन जरुरी छ। र हरेक घटना हरु लाई द्वन्द्वात्मक विधि द्वारा हेर्न जरुरी छ। अत,याहाँ एङगेल्सका अनुसार “कुनै पनि भएको परिबर्तनको कारण खोज्नु पर्यो भने समाजको दर्शनमा हैन त्यसको अर्थशास्त्रमा खोज्नु पर्छ” त्यसैले यी माथिको एङगेल्सका भनाई अनुसार किराति चिन्तन चेतना, बिचार अनि उनी हरुको कृयाकलाप लाई हेर्ने हो भने किराँतीहरु एक स्वचालित रोबोर्ट जस्तै देखिन्छन।
जस्लाई लाहुरे चिन्तन भन्दा सुहाउछ। लाहुरे जो आफै स्वतन्त्र हुँदैन त्यसैले यि जाती लाई अरुले चलाई दिनु पर्ने अरुले गरिदिनु पर्ने अरुलेनै भनिदिनु पर्ने सबै अरु द्वारा निर्देसित किरातिहरुले सबै कुरा गर्न सक्छन सामर्थ्य राख्छन तर आफै चाहिँ केही पनि गर्न सक्दैनन किराँतीहरुको यो चरित्रको फाईदा सँधै याहाँको सासक जाती हरुले उठाई रहन्छन र याहाँको किराँतीहरु भने सँधै मर्कामा परि रहने गर्दछन मुक्त हुन खोज्ने तर मुक्तिको लागि एक हुन नजान्ने किराँतीहरुको मुल समस्या हो।
त्यसैले किराँतीहरुको राजनैतिक सत्ता किरात राष्ट्रिय मुक्ति मोर्चा र उस्को टाउको सहित एकाध अंङ्गहरुलाई फेरि उहीँ पुरानै राजनैतिक ललिपप देखाएर मुक्तिको नजिक उठिसकेको आन्दोलनको एक गौरबमय संस्था किरात राष्ट्रिय मुक्ति मोर्चा लाई फेरि एक पटक उहीँ कृष्ण भगवानको ठिक मन्दिर अगाडि बिसर्जनको टपरिमा सजिई सकिएको छ।
ती कपुत किराँती छोराछोरीहरु तिनै पहिचान बिरोधी नश्लिय जातिबादी नेकपा नामधारी साशक हरु लाई सलामी दिएर ललिपप चुस्दै आफ्नो पहिचानको मलामी हिँडीरहेका छन तर तिनलाई ईतिहाँसले कदापी माफ दिने छैन किनकी मुक्तिको लँडाईमा जत्ती संख्यामा गद्दार हरु हुन्छन त्यो भन्दा धेरै संख्यामा मुक्ति पक्षधरताको लाईन पनि बल्लियो र झन प्रतिबद्ध हुन्छ।
किनकी अर्को सत्य कुरो त त्यस्ता धार्मिक, अध्यात्मिक र नश्लिय राज्यशत्ताको अवशेषहरु ध्वत पार्दै मार्क्सबादको बिकाश बिधुतिय गतिमा भैरहेको छ। अनि मार्कसबाद दिन दिनै झनझन जवान अनि बलबान भैरहेको छ भने एक मात्र मार्क्सबादी दर्शन अझ निर्बिकल्प भैरहेको छ।
र, यो दुनियामा बिज्ञान अझ झन सकृय र शक्तिशाली हुँदै अगाडि बढिरहेको छ त्यसैले यो भक्तहरुले टिकेको श्री कृष्ण चरित्रको नष्लिय राज्यशत्ता लाई पनि ध्वस्त पार्दै मार्क्सबाद र बिज्ञानले यो मुलुक माथी पनि राज्यरोहन गर्ने कुरा निष्चित छ।