Logo

साफ च्याम्पियनसिप नेपालले जित्न सक्ने ! कसरी ? टोलीमा को को परे ?


काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिप सुरु हुनु दुई दिन अघि मात्र नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश पुग्ने भएको छ । पाकिस्तानसँग बुधबार खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्ने नेपाली टोली सोमबार मात्र ढाका पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

 

नेपाल र पाकिस्तान रहेको समूह ‘ए’ मा भुटान र आयोजक बंगलादेश रहेका छन् । दक्षिण एसियाका ७ राष्ट्रको सहभागिता रहेको साफ च्याम्पियनसिपको समूह ‘बी’ मा सबै भन्दा सफल टोली भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । एन्फाले सोमबार बिहान ८ः०० बजे राष्ट्रिय टोलीको बिदाई कार्यक्रम राखेको थियो ।

नेपालले दोस्रो खेल भदौ २१ गते भुटान र समूह चरणका अन्तिम खेल बंगलादेशसँग भदौ २३ गते खेल्नेछ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली अन्तिम चारमा पुग्नेछन् । एसियाली खेलकुद र साफ च्याम्पियनसिपलाई लक्षित गर्दै नेपाली टोलीले प्रशिक्षण गरिरहेको छ ।

 

एसियाली खेलकुदमा भाग लिएको यू २३ टोलीले एसियाडमा ३ खेल र त्यसअघि थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल बाहेक नेपाली टोली कुनै मैत्रीपूर्ण खेल खेलेको छैन । एसियाडमा नेपाली युवा टोलीले पाकिस्तानसँग खेल्दा २–१ को हार बेहोरेको थियो । पाकिस्तनकै राष्ट्रिय टोलीसँग खेल्दै नेपालले यसपटकको साफ च्याम्पियनसिपको यात्रा प्रारम्भ गर्नेछ ।

नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन कुनै पनि प्रतिद्वन्द्विलाई सहज मान्नु नहुने भएपनि आफ्नो टोली सेमिफाइनल पुग्नेमा विश्वस्त छन् ।

‘हामीले अनुभवी र युवा खेलाडीलाई छनोटमा छनोट गरेका छौं,’ उनले भने,‘ टोली सन्तुलित छ । अहिले हामी समूह चरणको खेलमा केन्द्रित हुन्छौं । त्यसपछि आवश्यकता अनुसारको रणनीति लिइनेछ ।’ उनलाई प्रशिक्षणमा किरण श्रेष्ठ र नविन महर्जन (गोलकिपर प्रशिक्षक) ले सघाइ रहेका छन् । एसियाडबाट युवा टोली फर्केको केहि दिनमा एन्फाले महर्जनलाई राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पेको थियो ।

साफ सुजुकी कपमा नेपालको खेल तालिका

भदौ १९ गते मंगलबार नेपालविरुद्ध पाकिस्तान

भदौं २१ गते बिहिबार नेपालविरुद्ध भुटान

भदौं २३ गते शनिबार नेपालविरुद्ध बंगलादेश

नेपाली राष्ट्रिय टोली

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने

रक्षक : दीनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्ड : हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्ड : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट

 

साफ च्याम्पियनसिप जित्न सक्ने ! कसरी ?

साफ च्याम्पियनसिप जित्न सक्ने ! कसरी नेपाली तुलानात्मक सजिलो समुहमा छ र, समुह बिजेता हुन्छ । अर्को समुहमा भारत समुह बिजेता हुन्छ अनि फाइनलमा नेपाल र भारत भिडदै नेपालाले साफ च्याम्पियनसिप जित्ने भबिश्य गर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=RfHIkU7GnLk

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्