बेवारिसे शिशुलार्इ स्तनपान गराएर बचाईन यी प्रहरीले !
मुन्धुमस्टार
Share
अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलार्इ स्तनपान गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको बढुवा गरिएको छ। स्तनपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन्।
अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उद्धार गरेका थिए। उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन्।
उद्दार गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रोए पछि अस्पतालको अनुमति लिएर उनले सो बच्चालार्इ स्तनपान गराएकी थिइन्। सिलिसटेको १६ महिने छोरी रहेको छ।सिलिसटेले एक स्थानिय संचारमाध्यमलार्इ भनिन् ‘मैले कुनै संकोच बिना सो बच्चालार्इ स्तनपान गराए र उ शान्त भयो।’



