Logo

अब अपरेसन नै रोक्नेगरी चिकित्सक संघको आन्दोलन


नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै संघले आइतबारबाट आन्दोलनको गर्न लागेको छ । ऐन संशोधन गर्न सरकारले प्रक्रिया अघि नबढाएकाले स्वाथ्यकर्मीमाथि आक्रमणका घट्ना बढेको भन्दै संघले आइतबारबाट आन्दोलनको घोषणा गरेको हो ।

संघले देशभरका स्वास्थ्य संंस्थामा आकस्मिकबाहेकका सवै सेवा वन्द गर्ने निर्णय गरेको हो । १८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने चिकित्सक संघले जनाएको छ ।

भने भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र २२ गतेदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्