Logo

बरिष्ठ नाट्यकर्मी रिमालको निधन


बरिष्ठ नाट्याकर्मी तथा गायक हरिप्रसाद रिमालको आज निधन भएको छ । वि.स १९८२ मा काठमाण्डौ लगनटोलमा जन्मिएका रिमालको ९३ वर्षको उमेरमा अवसान भएको हो । गायन विद्याबाट आफुलाई चिनाएपनि नाटक तथा चलचित्रमा बढी काम गरेका रिमालले ५० भन्दा बढि नाटकमा अभिनय गरे भने ६ सय बढी नाटक निर्देशन गरेका छन् ।
रिमालले वि।सं। १९९५ सालमा ‘मुकुन्द इन्दिरा’ नाटकमा गाउने मौका पाए । त्यसको एक वर्षपछि बनेको ‘प्रल्लाद’ मार्फत उनले अभिनय प्रारम्भ गरेका थिए । ९० को दशकपछि चर्किएको राणाशासन विरुद्धको आन्दोलनपछि दरबार हाइस्कुलमा नाटक गर्न रोक लगाइयो । सोक्रममा पनि उनी गाईजात्रा नाटकमार्फत अभिनयलाई निरन्तरता दिन सफल भएका थिए ।

प्रजातन्त्र स्थापनापछि ०७ सालमा विराटनगरको तत्कालिन प्रजातन्त्र रेडियोलाई काठमाडौं सारेपछि रेडियो नेपालबाट पहिलोपटक बजेको गीत उनकै स्वरमा थियो । उनले गाएको ‘फगत एक नजरमा कसैले यो मन’ लगायत अन्य गीत चर्चित छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्