Logo

सुदूरपश्चिममा गौरापर्व धुमधाम मनाइदै


बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएको छ। पौराणिक कालमा भगवान महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले कठोर ब्रत बसेको संझनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ।कठोर तपस्यपछि गौरी र महेश्वरको विवाहको सम्झानामा गौरा पर्व मनाउने थालिएको  हो ।
गौरा पर्वको पहिलो दिन शुक्रबार घर(घरमा तामाका भाडामा पाँच प्रकारका अन्न जसलाई स्थानीय भाषामा ुविरुडाु भनिन्छ, भिजाएर पर्वको थालनी गरेका छन्। भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिनबाट सुरु भएको  हो।

गौरा पर्वको पहिलो दिन शुक्रबार महिलाले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन्। यो पर्वमा खास गरेर विवाहित महिलाले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। बिरुडा पञ्चमीकै दिनदेखि ब्रतालु महिलाले गौराको पूजाआजा गर्ने चलन छ।
प्रदेश सातका पहाडी जिल्लामा गौरा मनाउने चलन रहेको भएपनि पछिल्लो समयमा यो पर्वको विस्तार हुँदै गएको छ।पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ।त्यस्तै सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन गौरा मनाउने स्थानमामा विरुडाले आफन्तको दीर्घायुको कामना गर्दै टाउको पूजन गर्ने चलन रहेको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्