Logo

पहिलो खेलमै फुपु पराजित


जकार्ता (इन्डोनेसिया) १८औं एसियाली खेलकुदको पहिलो खेलमै नेपालका जुडो खेलाडी फुपूल्यामु खत्री पराजित भएकी छन्। दक्षिण एसियाली खेलकुद (साग) की पदकधारी खेलाडी २१ वर्षीया फपु सन् २०१२ मा भारतमा आयोजना भएको १२औं सागमा स्वर्ण पदक बिजेता हुन् । उनी सागमा नेपालका लागि स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी पनि हुन्।

बिहीबार भएको महिला तर्फको ६३ केजीभन्दा मुनिको तौलसमूहमा फुपू आयोजक राष्ट्र इन्डोनेसियाकी खेलाडीसँग पराजित भएकी हुन्। पहिलो चरणमा ‘बाई’ पाएर प्रिक्वार्टरफाइनलमा पुगेकी फुपूलाई इन्डोनेसियाकी फ्रादिभ्था अर्देलियाले पराजित गरेकी हुन् ।
एसियाडको २९ खेलमा १८५ जना खेलाडी सहभागी गराएको नेपालका अधिकांश खेल समाप्त भइसकेका छन्। जुडो भने शनिबारसम्म चल्नेछ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्