विप्लव कार्यकर्ताद्धारा वडा सदस्यको घरजग्गा कब्जा
रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रोल्पाका एक वडा सदस्यको घरजग्गा कब्जा गरेको छ। माडीगाउँपालिका(१) पेदीखोलाका वडा सदस्य हरिप्रसाद घर्तीको घरजग्गा बिहीबार दिउँसो विप्लव कार्यकर्ताले कब्जा गरेका हुन्। माडीगाउँपालिका स्तरीय नेकपाको ‘जनसत्ता’ र स्थानीय गाउँलेले घरजग्गा कब्जा गरेका हन् ।
वडा सदस्य घर्तीले पेदीखोला गाउँको आसपासका विभिन्न योजनामा आर्थिक हिनामिना गरेको आरोप उनीहरुको छ। आर्थिक पारदर्शिता नगरेसम्म घरजग्गा कब्जा हुने नेता खड्काको भनाइ छ।
घरजग्गा कब्जा गर्नुअघि घर्तीसँग नेकपाका कार्यकर्ताले वडा सदस्य पदबाट राजीनामा दिनुपर्ने, गाउँकै विद्यालयलाई ७५ हजार दिनुपर्ने र सबै योजनाको खर्च सार्वजनिक गर्नुपर्ने शर्त राखेका थिए।
राजीनामा दिएर गाउँपालिका पुगेका सदस्य घर्तीले गाउँ फर्किएर योजनाका खर्चमा पारदर्शिता गर्न नचाहेको र छलफलसमेत गर्न अटेरी गरेको भन्दै नेकपाको कार्यकर्ताले भदौ १४ गते दिउँसो झण्डा गाड्दै घरजग्गा कब्जा गरेका हुन्।