Logo

प्रदेश नं. १ नाम किरात प्रदेश ल्याउने तयारी !


सुनसरी । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशको नाम किरात राज्य हुन सक्ने संकेत गर्नु भएको छ । तथ्य तर्क र ऐतिहासिक आधारहरु भएका कारण पनि प्रदेश १ नाम किरात हुँदा कसैले आपत्ति मान्न नहुने मुख्यमन्त्री राईको तर्क थियो, गएको साकेलाको कार्यक्रमा ।

मुख्यमन्त्री रार्ईले अन्य समुदायले प्रस्तुत गरेका प्रस्तावहरु पनि आधारहिन नभएको वताउदै प्रदेशको नामाकरण र स्थायी राजधानी सहमतिकै आधारमा टुंगो लगाउने आश्वासन दिनु भएको थियो । पूर्वमा धेरै जसोको चाहाना प्रदेशको नाम राख्दा भुगोलको आधारमा नभई पहिचान र ऐतिहासिकतालाई आधार बनाउनु पर्नेमा जोड रहेको छ । अब केहि समय पछी प्रदेशको नाम र राजधानी लागि बिशेष घोषणा हुँदै छ ।

राजनीतिक बिश्लेषकहरुको अनुसार बाहिर समचार आएको जे जस्तो भए पनि भित्री रुपमा किरात नामलाई जोड्नको लागी आबश्याक काम भई रहेको बुझिएको छ । यसको लागी मुख्य मन्त्री आफै लागी परेको बुझिएको छ । त्यसैले किरात प्रदेश आउने नभए पनि ‘किरात कोशी’ वा ‘सगरमाथा कोशी’ वा कुनै नाम किरात जोडी प्रदेशको नाम आउने छ । ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्