Logo

‘बिमस्टेकको चौथौ सम्मेलन भव्य रुपमा सम्पन्न’– प्रदिप ज्ञवाली


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।
आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञावलीले संविधान पारित भएपछि अन्तर्राष्ट्रिय कार्यक्रमको लागि प्रयाप्त समय नभएको भए पनि नेपालको सबै तप्काबाट प्राप्त सहयोगले यो सफलतापूर्वक सम्पन्न गरेको बता्एका छन् ।

उनले १९९७ को ब्याङ्कक घोषणापत्रमा उल्लेखित विमस्टेकको सिद्धान्त तथा उदेश्यप्रति सम्मेलनले आफ्नो प्रतिबद्धता पुनः जाहेर गरेको पत्रकारसँग उल्लेख गरेका छन् । सम्मेलनको मुख्य नारा ‘शान्तीपूर्ण, सम्बृद्ध तथा दिगो बङ्गालको खाडी क्षेत्र’ रहेको बताउँदै उनले
सम्मेलनले विभिन्न शिर्षकमा आफ्ना आगामी कार्यक्रमहरु अगाडि बढाएको बताएका छन् ।

संरचनागत सुधार, गरिबी निवारण, कनेक्टिभिटि, व्यापार तथा लगानी, प्रतिआतंकवादी तथा अन्तरदेशीय अपराध, वातावरण तथा प्रकोप व्यवस्थापन, जलवायु परिवर्तन, उर्जा, प्रविधि,कृषि, माछापालन, जनस्वास्थ, जनता–जनताबीच सम्पर्क, सास्कृतिक सहकार्य, पर्यटन, पहाडि अर्थतन्त्र तथा ब्लू इकोनोमीमा सम्मेलनको जोड रहेको जानकारी दिए ।

यसका साथै सम्मेलनले दीगो विकासको लागि एजेण्डा २०३० को कार्यन्वयनका लागि मिलेर काम गर्ने प्रतिवद्धता गरेको पनि मन्त्री ज्ञावलीले बताएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्