च्याम्पियन्स लिग ड्र सम्पन्न, दुई समूह निकै कठिन
मोनाको (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र समापन भएको छ । यस पटक ग्रुप अफ डेथका रुपमा इंग्लिस टोली सम्मिलित दुई समूह अगाडी आएका छन् ।
च्याम्पियन्स लिग ड्र:
समूह ‘ए’ : एट्लेटिको म्याड्रिड (स्पेन), बोरुसिया डर्टमुन्ड (जर्मनी), एएस मोनाको (फ्रान्स), क्लब ब्रुज(बेल्जियम)
समूह ‘बी’ : बार्सिलोना (स्पेन), टोटेनहम हट्सपर (इंग्ल्यान्ड), पिएसभी (नेदरल्याण्ड), इन्टर मिलान (इटाली)
समूह ‘सी’ : पेरिस सेन्ट जर्मेन (फ्रान्स), नेपोली (इटाली), लिभरपुल (इंग्ल्यान्ड), रेड स्टार बेलग्रेड (सर्बिया)
समूह ‘डी’ : लोकोमोटिभ मस्को (रुस), एफसी पोर्टो (पोर्चुगल), एफसी साल्के (जर्मनी), गालाटासारे (टर्की)
समूह ‘ई’ : बायर्न म्युनिख (जर्मनी), बेन्फिका (पोर्चुगल), एएफसी आयाक्स (नेदरल्याण्ड), एथेन्स एफसी (ग्रीस)
समूह ‘एफ’: म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), शाख्तर डोनेस्क (युक्रेन), लियोन (फ्रान्स), होफेनहाइम (जर्मनी)
समूह ‘जी’: रियल म्याड्रिड (स्पेन), एएस रोमा (इटाली), सिएसकेए मस्को (रुस), भिक्टोरिया प्लेजेन (चेक रिपब्लिक)
समूह ‘एच’ : युभेन्ट्स (इटाली), म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड), भ्यालेन्सिया (स्पेन), योङ बोइज (स्विटजरल्यान्ड)
प्रारम्भिक अध्ययन गर्दा बार्सिलोना, टोटेनहम र इन्टर मिलान सम्मिलित समूह बी तथा पीएसजी, लिभरपुल र नेपोली सम्मिलित समूह सी निकै कठिन समूह देखिएको छ ।