Logo

अदालतद्धारा बम दिदीबहिनीको म्याद थप


भीमदत्तनगर । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि रोशनी र बबिता बमलाई एक साताको म्याद थप गरिएको छ । केही दिनअघि पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत कन्चनपुरले सोधपुछका लागि म्याद थप गरेको हो ।

१३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो । घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिएकी निर्मलाका स्कूले साथी हुन् । उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो ।

यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको थियो ।

घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफाटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ पठाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्