Logo

सर्वोत्कृष्ट गोलकर्ताको उपाधी रोनाल्डोलाई


म्याड्रिड स् यूईएफए सर्वोत्कृष्ट गोल गर्ने खेलाडीको उपाधि क्रिस्टियानो रोनाल्डोले जितेका छन्। यूईएफएले समर्थकको भोटमार्फत् प्रदान गर्ने उक्त अवार्डमा रोनाल्डोले सर्वाधिक मत पाएका थिए।

पोर्चुगलका स्टार रोनाल्डोले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आफ्नो पूर्वक्लब रियल म्याड्रिडका लागि उत्कृष्ट गोल गरेका थिए। च्याम्पियन्स लिगमा रोनाल्डोको उक्त गोल हालको आफ्नै क्लब युभेन्ट्सविरुद्ध थियो।

युभेन्ट्सविरुद्ध रोनाल्डोले हानेको त्यही ओभर हेड किक गोलले यूईएफए सिजनकै उत्कृष्ट गोलको उपाधि पाएको हो। संयोग जुन क्लबविरुद्ध गोल गर्दै सिजनकै उत्कृष्ट गोल गर्ने खेलाडीबाट उनी सम्मानित भए। अहिले उनी त्यही युभेन्ट्स क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

क्वार्टरफाइनल खेलको पहिलो लेगमा रोनाल्डोले युभेन्ट्सविरुद्ध दुई गोल गरेका थिए। उनले ६४औं मिनेटमा हानेको ओभरहेड किक गोल दोस्रो थियो। त्यही दोस्रो गोल वर्षको उत्कृष्ट गोल ठहरिएको हो। विश्वभरका समर्थकबाट कुल तीन लाख ४६ हजार नौ सय १५ भोट प्राप्त हुँदा रोनाल्डोले दुई लाख भोट पाएको यूईएफएले जनाएको छ।

फाइनलमा रोनाल्डोले गोल गर्न नसके पनि रियलले उपाधिमा ह्याट्रिक गरेको थियो। रोनाल्डो च्याम्पियन्स लिगमा रियल म्याड्रिडका लागि गत सिजनमा मात्र सर्वाधिक १५ गोल गरेका थिए। उनले च्याम्पियन्स लिगमा व्यक्तिगत गोल संख्यासमेत एक सय २० पुर्याएका छन्।

उनी च्याम्पियन्स लिगमा सय गोलको कोसेढुंगा पूरा गर्ने पहिलो खेलाडीसमेत हुन्।
च्याम्पियन्स लिगमा रोनाल्डोको नाममा अर्को कीर्तिमान पनि बनेको छ। रोनाल्डो पाँच पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो खेलाडी पनि हुन्। उनले रियललाई चार र म्यानचेस्टर युनाइटेडलाई एक पटक च्याम्पियन्स लिग जिताएका थिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्