Logo

 नियत -किराती स्पन्दन


 नियत

॰॰॰
तीजको धून बजिरहेको छ
सिंगार पटार गरी
कम्मर मर्काउँदै 
नाचिरहेका छन चौंक गल्लीहरुमा
हुल्का-हुल अधबैंशे दिदी बहिनीहरु

उता पर स्वागतमा
भर्खर
रंग रोगन गरिएको
रंगिन शहरमा
निर्लज्ज भै टालिएको सडकमा
सेना
प्रहरी
प्रसासनका
बिभागीय प्रमुखहरु बुट बजार्दै
स्यालुट मार्दैछन हस्तक्षेपकारी लाई

नेता र मन्त्रीहरु
फूलमाला
लिएर
लम्पसार पर्दैछन
झुठा राष्ट्रबादको भक्तिगान गाउँदै

यता भने अस्मिता लुटिदैछ
बलात्कृत हुदैछन
सेकेण्ड-सेकेण्डमा
हाम्रा बालिका र मेरो स्वाभिमान
हे ! पारुहाङ अब कसले बचाउँला
कसले सुन्ला मेरो देशको भयानक चित्कारहरु ?

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्