Logo

पाँच वर्षभित्र प्रतिव्यक्ति दुइहजार डलर आय पुर्याउने प्रदेश ५ को लक्ष


बुटवल । पाँच वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पुर्याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आवधिक योजना तर्जुमाको तयारी थालेको छ ।

प्रदेशको योजनावद्ध दिगो विकास र समृद्धिका लागि संघीय सरकारले जस्तै प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ देखि २०८०र८१ सम्मको पञ्चवर्षीय योजना बनाउन लागेको हो ।
योजना तर्जुमाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बिहीबार सरोकारवाला पक्षबाट राय सुझाव लिन पूर्व तयारी गोष्ठी गरेको छ । गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा। प्रकाशकुमार श्रेष्ठले आवधिक योजनाको अवधारणा पत्र प्रस्तुत गरे ।

संघीय सरकारको १५ औं योजना मिल्नेगरी प्रदेश योजनाको अवधि निर्धारण गरी २०७५ चैतसम्म योजनाको पूर्ण दस्तावेज तयार गरिने उपाध्यक्ष श्रेष्ठले जानकारी गराए । योजनाको आधारपत्र असोजसम्म तयार गर्ने, १२ वटै जिल्लामा योजना तयारीका लागि अन्तरक्रिया गर्ने र पुसदेखि योजना बनाउन शुरु गर्ने प्रदेश योजना आयोगको तयारी छ ।

सबै पक्षसँगको छलफपछि माघभित्र योजनाको पहिलो मस्यौदा तयार गर्ने, प्रदेशका सबै स्थानीय तहबाट सुझाव लिने र चैत मशान्तसम्म मन्त्रिपरिषदबाट स्वीकृति गर्ने तयारी छ ।
प्रदेश योजना आयोगले २९।९ प्रतिशत रहेको वहुआयामिक गरिबीको दर पाँच वर्षमा १० प्रतिशतमा झार्ने, प्रतिव्यक्ति आय वार्षिक १०१२ अमेरिकी डलरबाट २ हजार डलर, औसत आयु ६७।५ वर्षबाट ७२, बाल मृत्युदर ४२।४ बाट ३० प्रतिहजारमा झार्ने लक्ष्य निर्धारण गरिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्