Logo

लाखौ रकम बुझाउदै अलपत्र बन्दै जापानमा नेपाली युवा (ठगी श्रृङखला-एक)


-आनन्द कोइराला

दलाललाई १५ लाख नेपाली रुपैया बुझाएर जापान आईपुगेका झापा गरामनीका उमेश चौधरी (नाम परिवर्तन) २३ वर्ष, साउन महिना नलाग्दै पर्यटक भिषाबाट नक्कली शरणार्थी बन्ने योजना सहित अध्यागमन कार्यालयमा निवेदन दिन पुग्छन।

दलालले नेपालमै बनाएर दिएको नक्कली कागजपत्र बोकेर अध्यागमनमा बुझाएका चौधरीको अबको योजना शरणार्थी बन्न पाउ भन्ने आवेदन दिएर पाईने वर्क परमिटको प्रतिक्षा हो।

जसका लागि करिव छ महिना निक्कै कष्टकर हुने थाहा पाएपछि छाङाबाट खसे जस्तै भएका छन। त्यसमा अझ जापान सरकारले ल्याएको नयाँ नियम अनुसार शरणार्थी आवेदकलाई वर्क परमिट अनुमति नदिने कडा नीति बारे थाहा पाउदा आफनो पैसा डुवेको तथा भविश्य नै बर्वादि हुने चिन्तामा डुवेका छन।

जापानको नारिता विमानस्थल हुदै गुन्मा (केन) राज्यमा पुगेका चौधरी जापानको शरणार्थी बन्ने र पैसा कमाउने योजना सहित दलालहरुको सेटिङमा परेर आईपुगेका हुन। उनलाई जापानमा जसरी पनि मासिक लाखभन्दा बढी कमाउन सकिने झुटो आश्वासन दिएपछि साथीभाईको लहलहैमा लागेर आएका हुन।

सबैको उदेश्य समान भएपनि केही आफनो

भविश्य बिग्रने भन्दै नेपाल फर्किएर

कानुनी लडाई लडने योजना बनाएका छन।

चौधरीसंगै करिव १७ जनाको टोली यतिवेला विभिन्न फरक समयमा नारिता र हानेदा विमानस्थलबाट गुन्माको एक अपार्टमेन्टमा समय विताईरहेका छन। शरणार्थी बन्न पाउ भनि जापानी अध्यागमन कार्यालयमा नक्कली कागजपत्र सहित दलालको सेटिङमा आवेदन दिईसकेका चौधरीसंगै दाङका पवन ओली २४ र तनहुँकी पवित्रा क्षेत्री २२ वर्ष (दुवै नाम परिवर्तन) पनि एक महिनायता करिव छ महिनापछि काम गर्न पाउने अनुमति वर्कपरमिट पाईने आशामा कहिले कोठामा त कहिले बजार चाहर्दै बिताउदै छन। जनही १८ देखि २० लाख रकम बुझाएर आएका कलिला युवाहरुको माध्यम बनेका भक्तपुरका दलालले एकजना जापानीको स्पोन्सरमा जापान लगेर शरणार्थी आवेदन र काम समेत खोजीदिने सर्त बताएर पैसा असुलेर जापान ल्याएका हुन।

स्नातक तहमा अध्ययनरत चितवनकी रोशनी क्षेत्री २२ वर्ष जापनामा कुक भिषामा रहेका भारतियसंग नक्कली विवाहदर्तापत्र सहित पैसा कमाउने योजना बनाएर जापान आई अलपत्र परेकी छन। जापानकै चिरपरिचित गैरआवासीय नेपालीसंघको नेता हुँ भन्ने दलाललाई पुतलीसडकको शैक्षिक परामर्स केन्द्रमा चिनेको दाई मार्फत १४ लाखमा मोलमोलाई सकेर जापानमा प्रवेश गराएका थिए। आफुलाई बुझाएको पैसा तीनचार महिनामै कमाईने दलालको भनाईमा लागेकी क्षेत्रीलाई नक्कली विवाहदर्ताको कागज घाडो भयो जतिवेला अध्यागमन कार्यालय टोकियो पुग्दा शरणार्थीमा आवेदन दिन नमिल्ने अनि श्रीमानसंगै बस्न के अप्ठयारो भन्ने जापानी अधिकारीको सोधपुछमा अलमलिदा उनलाई न नेपाल फर्कनु न जापानमा बस्नु बनायो। फेरी केही चिनेजानेकाले ओभरस्टेर बसेर भएपनि फसेको पैसा कमाएर मात्र घर फर्किन दिएको सल्लाह मान्दै पर्यटक भिषा अवधी सकिएको पासपोर्ट बोकेर काम लगाईदिने दलालको खोजीमा हिडेकी छन।

करिव एक महिना पश्चात तीन लाख जापानी येन तिरेर वर्कपरमिट विनानै काममा लगाईदिन्छु भन्ने नेपाली दलालले फेरी पैसा विना काम नपाईने बताएपछि उनी थप तनावमा छिन। नेपालमा तिरेको पैसा त जापान प्रवेशका लागि मात्र भएको अनि कामका लागि अरु पैसा लाग्ने थाहा पाएर पैसा फिर्ताका लागि दलालसंग सम्पर्कमा पुगेकी उनीलाई नेपाल नै फर्किने भए करिव आधा रकम मात्र त्योपनि किस्ताबन्दीमा मात्र भनेपछि पुन जापानमै लुकिछिपि बसेर काम गर्ने अनि आफनो डुवेको पैसा उठाउने भन्दै आफन्त र साथीभाई गुहार्न थालेकी छन।
नेपाल जापान डटकमलाई प्राप्त सूचना अनुसार क्षेत्रीसंगै २७ जनाले काठमाडौँ नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक र बागबजार ललितपुर तथा भक्तपुरमा संचालित शैक्षिक परामर्सदाता कार्यालय नै खोली बसेका दलाल मार्फत जापानको पर्यटक भिषा हात पारेर जापान प्रवेश गरेका छन। उनीहरु सबैको उदेश्य समान भएपनि केही आफनो भविश्य बिग्रने भन्दै नेपाल फर्किएर कानुनी लडाई लडने योजना बनाएका छन।

अध्यागमन अधिकारीहरुले आपराधिक कृयाकलाप संलग्न

नेपाली सहित वर्कपरमिट काम गर्ने अनुमित वेगर

काम गर्दै आएका शरणार्थी आवेदक नेपालीहरुलाई

प्रहरी हिरासत पश्चात हवाईजाहाज नै चार्टर गरेर

नेपाल फर्काउने तयारी गरेका थिए।

सके विद्यार्थी नसके शरणार्थी भिषामा जापान लगिदिने भन्दै मोटो रकम असुल्दै जापान पुर्याउने गरेका नेपाली दलालहरुले जापानी नागरिकहरु समेत आफनो सम्पर्कमा रहेका बताउदै नगद १६ देखि १८ लाखसम्म पैसा बुझाए शरणार्थी बन्ने अनि मासिक तीनचार लाखसम्म कमाई हुने झुटो सपना बाडदै छन।

https://www.youtube.com/watch?v=RfHIkU7GnLk

नेपाली आवेदक बढेसंगै अध्यागमन कार्यालयले बढायो निगरानी

नक्कली आवेदक बढेर चिन्तित बनेको जापान अध्यागमन कार्यालयलाई नेपाली युवाहरु पर्यटक भिषामा जापान आएलगत्तै शरणार्थी बन्न पाँउ भनेर दिने गरेको निवेदकको सख्या बढेसंगै थप चिन्तित बनाएको छ।

टोकियो अध्यागमन कार्यालयको एक तथ्यांक अनुसार सन २०१८ जनवरीबाट जुन महिनासम्म करिव तीनसय बढी नेपालीहरुले पर्यटक भिषामा आएर शरणार्थी बन्न पाउ भन्दै निवेदन दिएका छन। जुन सख्या जुलाई र अगष्ट महिनाको मध्यसमयसम्म अझ बढेको अध्यागमन कार्यालयले जनाएको छ।

पर्यटक भिषाबाट शरणार्थी बन्न निवेदन दिनेहरुमा नेपालीहरुको सख्या अन्य मुलुकका भन्दा धेरै भएका छन। पहिलो नम्वरमा पुगेका नेपालीहरु यस अघि पनि सवैभन्दा धेरै आवेदन दिनेमा परेका थिए।

पर्यटक भिषामा आएर जापानमा आवेदक दिएका मध्ये जनवरीबाट हालसम्म कसैलेपनि काम गर्ने अनुमित नपाउने जानकारी दिएको अध्यागमन अधिकारीहरुले भनेपनि नेपालीहरुको सख्या बढनु गंभिर भएको भन्दै यसमा खोजविन सुरु गरेका छन।
नेपालीहरुको यस्तो कार्यलाई निरुस्साहीत गराउन सकृय बनेका अध्यागमन अधिकारीहरु टोकियो स्थित नेपाली दूतावासको समेत ध्यानाकर्षण गराएका छन।

टोकियो स्थित नेपाली दूतावासले जापानी अधिकारीहरुको आग्रह बमोजिम झुटो आश्वासन दिएर नेपाली युवायुवतीहरुलाई अलपत्र पार्ने गिरोह नै लागेको ठहर गर्दै झुटो आश्वासन दिएर ठगी गर्ने विरुद्ध जोकोहीले पनि लिखित जानकारी दिए तत्काल कारवाही अघि बढाउने जनाएको छ।

नक्कली शरणार्थी आवेदन रोक्न वर्क परमिटमा कडाई
जापान सरकारको कानुन मन्त्रालयले गत वर्ष नेपाली लगायत विभिन्न मुलुकका हजारौको सख्यामा शरणार्थी बन्न निवेदन बढेसगै यसलाई निरुत्साहित गर्न दिईदै आएको काम गर्ने अनुमतिलाई बन्द गरेको छ। जसका कारण नेपाली लगायत धेरैजसो नक्कली कागजपत्र सहित शरणार्थी बन्न निवेदन दिएकाहरु घर फर्किन थालेका छन।

नेपाल जापान डटकमलाई प्राप्त तथ्याक अनुसार गतवर्षको डिसेम्वरसम्म शरणार्थी बन्न पाउ भन्ने निवेदन दिएर बसेकाहरु करिव चारसय नेपालीहरु जापानमा वस्न अन्य विकल्प नभएपछि नेपाल फर्किएका छन। यस्तै गत जुन महिनासम्म थप दुईसय नेपालीहरु फर्किसकेका र थप तीनसय फर्किने तयारी गरेको पाईएकोछ।

अध्यागमन कार्यालयले पटकपटक झुटो आवेदन नदिन तथा पाँच छ वर्षयता शरणार्थी बन्न पाउ भनि आवेदन दिनेहरुलाई वर्कपरमिट नदिई घर फर्कन भने बमोजिम धेरैजसो नेपालीहरु फर्किनेक्रममा रहेका छन।

यसअघि अध्यागमन अधिकारीहरुले आपराधिक कृयाकलाप संलग्न नेपाली सहित वर्कपरमिट काम गर्ने अनुमित वेगर काम गर्दै आएका शरणार्थी आवेदक नेपालीहरुलाई प्रहरी हिरासत पश्चात हवाईजाहाज नै चार्टर गरेर नेपाल फर्काउने तयारी गरेका थिए।

शरणार्थी आवेदकको भिषा परिवर्तन बन्द

जापानको कानुन मन्त्रालयले टोकियो अध्यागमन कार्यालय सहित धेरै क्षेत्रमा शरणार्थी बन्न आवेदन दिएर बसेकाहरुलाई कुनैपनि भिषामा परिवर्तन नगर्ने घोषणा गरेको छ। जसका कारण लामो समय शरणार्थीका लागि आवेदन दिएर बसेकाहरु जापानमा भविश्य अन्यौल भएको भन्दै धेरै जसोले आफनो मुलुक फर्किन थालेका छन। यसअघि व्यवसाय सहित विभिन्न क्षेत्रमा भिषा परिवर्तन गर्ने लहर चलेपश्चात शरणार्थी आवेदकको भिषा परिवर्तन बन्द गरेको सूचना जारी गरेको थियो।

नेपाल जापान डटकमबाट लिएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्