विप्लवका ११ जना नेता कार्यकर्ता एकै पटक पक्राउ
इलाम : प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्तालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–५ स्थित सुम्फुङ गाँउबाट इलाम र झापाका ११ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीमा झापा इञ्चार्ज रहेका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का सौगात भन्ने अर्जुन आचार्य, झापा सचिव दमक–२ का सुमन सिंह पौडेल र विद्यार्थी संगठनका केन्द्रीय सदस्य गौरीगंज गाँउपालिका–१ का सञ्जय राईसहितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीले दमक नगरपालिका–२ का विनोद कुमार राई, झापाको दमक नगरपालिका–७ का सन्तोष लिम्बू, झापा शिवसताषी नगरपालिका–११ का तारा थापा, झापा गाँउपालिका–२ का चमनलाल माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विर्तामोड नगरपालिका–३ का चित्र विश्वकर्मा, शिवसतासी नगरपालिका–११ का सुरेन्द्र मिश्र, गौरीगञ्ज–१ का भीमकुमार सुब्बा र इलाम देउमाई नगरपालिका–८ का मोहन बहादुर बराल पक्राउ परेका जिप्रका इलामका एसपी माधव श्रेष्ठले जानकारी दिए