Logo

एसिया कप छनोट : नेपालको दोस्रो हार, छनोट होला त नेपाल ?


काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेटको छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहिबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स युएईसंग ७८ रनले पराजित भएको हो ।

किनरारा ओभलमा युएईले दिएको २५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४८ ओभर ५ बलमा अलआउट हुँदै १७६ रनमा समेटियो ।

नेपालका लागि सुवास खकुरेलले अर्धशतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभारमा ९ विकेट गुमाएर २५४ रन बनाएको थियो ।

अदनाम मुफ्तीले नटआउट ५७ रन र ओपनर चिराग सुरीको ६५ रन बनाएपछि युएईले नेपालसामु उच्च स्कोरको लक्ष्य प्रस्तुत गरेको हो ।

तल्लो क्रमका ब्याट्सम्यान अदनानले ४६ बलमा ५७ रन बनाएर युएईलाई बलियो स्थितीमा पु¥याए ।

यसअघि युएईको इनिङ्स समाल्ने क्रममा ओपनर चिरागले ६५ रनको योगदान गरे ।

उनले पहिलो विकेटकालागि ओपनर मोहमद अहमदसंग ७० रनको साझेदारी गरेका थिए ।

त्यस्तै, रामेज साहजादले ३५ रनको योगदान गरेका थिए ।

नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र बसन्त रेग्मीले समान २\२ विकेट लिए ।

यो हारसंगै एसिया कपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । छनोटको शीर्ष दुईमा रहेर फाइनल पुग्ने टोलीमध्ये विजेता टोलीले  एसिया कपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्