नेपालको खराब ब्याटिङ, करण र आरिफलाई एकै ओभरमा गुमायो
काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत युएईविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ ।
नेपालले छैटौं विकेटको रुपमा करण केसीलाई सुन्य रनमा गुमाएको हो। त्यसअघि नेपालले आरिफ शेखलाई ३ रनमा गुमाएको थियो । नेपालले एकै ओभरमा पाँचौ र छैटौं विकेट गुमाएको हो ।
३४ ओभरको पहिलो बलमा आरिफ र दोस्रो बलमा करण आउट भएका हुन् । दुवैलाई अहमद राजाले आउट गरे ।
योसंगै नेपाल निकै कठिन मोडमा पुगेको छ । नेपाललाई जितका लागि अझै १३७ रन आवश्यक छ ।
मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत युएईविरुद्ध नेपालले सातौं विकेट गुमाएको छ ।
नेपालले सातौं विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । दिपेन्द्र ४० रनमा आउट भए ।
त्यसअघि रोहित कुमार पौडेललाई ९ रनमा गुमाएको थियो ।