Logo

पशुपतिको उपासना गर्दै मोदी


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (नमो) चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन बुधबार चौथोपटक नेपाल यात्रामा छन्। सोमनाथको पावन भूमिबाट शुरुभएको मोदीको राजनीतिक यात्राको सफलतामा काशी विश्वनाथ, पशुपतिनाथ र मुक्तिनाथ यात्राले उच्च मनोबल हासिल गरेका छन्।

काशी विश्वनाथ होस् या पशुपतिनाथमा नमो स्वयं उपस्थित भएर गरिने उनको हरेक पटकको विशेष पूजन दर्शन अलौकिक छ। उनी अध्यात्म, भक्तिभावका साथ उच्च मनोवलका निम्ति आराधना गर्ने नाथका असल भक्त नेता गणित भएका छन्।

पशुपतिनाथका प्रधान अर्चक गणेश भट्ट र काशी विश्वनाथका अर्चक टेकनारायण पौडेल दुवैको बुझाइमा नमोको पुजनको शालीनताबाट दुवै अर्चकहरु निकै प्रभावित छन्। भट्ट र पौडेल दुवैको बुझाइ एकै खालको छ, ‘नमो शिवजीका परम मित्र भएर आराधना गर्छन्।’ शालीन भावमा सिंह आसनमा बसी शान्त र सौम्य भावमा मन्त्रोच्चारणलाई ध्यान दिएर उपासना गर्छन्। भारद्वाज गोत्री मोदी अभिषेकमा पढिने सङ्कल्पमा नरेन्द्र दामोदर दास मोदीको उच्चारण गराउन रुचाउँछन्। मन्त्रोचारण र सङ्कल्पमा निकै ध्यान दिएर मनन गर्ने उनको अध्यात्म रुचि नजिकबाट देख्ने यि दुवै पात्र मोदीको बारेमा भन्छन्, ‘अभिषेकका समयमा नेत्र प्रज्वलित भएको देखेको छु, साधना, सिद्धि र सङ्कल्पका साथ कर्मशील हुने सङ्कल्प गर्दछन्।’

सोमनाथ (गुजरात) बाट दिल्लीको राजनीतिक यात्रामा अघि बढेका मोदीले काशी विश्वनाथ क्षेत्रमा निर्वाचन क्षेत्र बनाए। उनको काशी यात्राले उनको राजतीतिक मनोबल हासिल गर्‍यो। त्यस क्षेत्रका प्रतिनिधित्व गर्ने मोदीले गंगा आरती र विश्वनाथको दर्शन यात्रालाई जारी राखे।

मोदीको काशी राजतीतिक यात्राले विकास केही गति लिएको पक्कै छ। तर त्यो भन्दा पनि काशीको पर्यटन विकासमा भने सत प्रतिशत बृद्धि भएको छ। विगतको तुलनामा भारतीय आन्तरिक पर्यटन मात्र होइन, विदेशबाट पनि काशी यात्रा गर्ने पयर्टकको दोब्बर बृद्धि भएको छ, काशीका पत्रकार देवेन्द्र रघुवंशीको बुझाइ छ ।

नेपाल–भारत बीच सांस्कृतिक, अध्यामिक र भाषिक सम्बन्धको फेरो बुझेका मोदीले गत बैशाख २८ गते मुक्तिनाथ यात्रा गरेपछि नेपालमा पनि भारतीय पर्यटकको संख्यामा अत्याधिक बृद्धि भएको छ। चार महिनाको अन्तरालमा हवाई र सडक मार्ग भएर नेपाल यात्रा गर्ने भारतीय पर्यटकको संख्यामा दोब्बर बृद्धि हुने सम्भावना बढेको पर्यटन व्यवसायीहरुको अनुमान छ। सरकारी तथ्याङ्कले के–कति अनुमान बताएपनि भारतीय पयर्टक प्रबद्धनमा लागेका टुर र ट्राभल्स कम्पनी निकै आशावादी छन्।

विनासकारी भुकम्पपछि थिल्थिलो हुन पुगेको पर्यटन व्यवसायले २०७५ सालमा आएर निकै मज्जाले पर्यटक सेवा पाएका छन्। मुक्तिनाथ जाने यात्रीको संख्यामा दोब्बर बृद्धि भएको जोमसोमस्थित पर्यटन व्यवसायी योगेश शेरचन भन्छन्, ‘अबको तीन महिनामा बुकिङ बढ्दै छ।’

मोदीको मुक्तिनाथ यात्राको प्रत्यक्ष प्रशारण र सञ्चारमाध्यमले दिएका समाचारले पहिलो कारण मान्न सकिन्छ। त्यस्तै, मोदीको मुक्तिनाथ मन्दिर दर्शन यात्राको टेलिभिजन पर्दामा देखेका यात्रीहरुको मुक्तिनाथप्रति यात्राको मोह जगाएको देखिन्छ।

प्रधानमन्त्रीको सत्ताभार सम्हालको बर्ष साउन महिनाको अन्तिम सोमबार मोदीले पशुपतिनाथको यात्रा गरे। राजनीतिक हिसाबमा मोदीको यात्रा र सरकारको जोडघटाउ केही नमिलेको भएपनि मोदी यात्राले पयर्टन क्षेत्रका लागि निकै बल पुगेको छ।

उनले नेपालको विकास निर्माणका लागि गरेको घोषणा कार्यान्वयनमा पक्षमा दुवै सरकारबीच कमजोरी भएका होलान्। मोदीको यात्रालाई केवल पयर्टन पहलका निम्ति हेर्ने हो भने संसारमा छरिएर रहेका भारतीय हिन्दु तीर्थयात्रीहरुका निम्ति पशुपति र मुक्तिनाथ यात्रा गर्नेहरुको संख्या बढ्दै छ।

भारतीय तीर्थयात्रीहरुलाई चीनमा रहेको कैलाश पर्वत यात्राको निकै मोह छ। त्यस्तै पछिल्ला दिनमा मोदीको मुक्तिनाथ यात्राले मुक्तिनाथप्रति पनि उनीहरुको मोह जगाएको छ। कैलाश यात्रा गएका तर मुक्तिनाथ यात्रा नगरेका कयौं यात्रीहरु मुक्तिनाथ यात्राको सोचमा छन्।

त्यसो त कैलाश जाने यात्रीहरुलाई हामीले मुक्तिनाथ यात्रा र नेपालको गोसाइकुण्ड यात्रा गराउने खालको रणनीति बनाउनु पर्छ। हिन्दु अनुयायीहरुको लागि कैशाल धाम जस्तै नेपालमा मुक्तिनाथ र गोसाइकुण्डको महत्व दर्शाउने नीतिक सरकारीस्तरबाट बनाउने हो भने एक पटक धार्मिक पयर्टनले देशको समृद्धि हुने पक्का छ।

भारत बाहेक दुवई, मलेसिया, बेलायत, सिगापुर, अमेरिकामा बस्ने भारतीय नागरिकहरु यस पटकको साउन महिनामा अत्याधिक आएको पशुपतिनाथ मन्दिर क्षेत्रमा तथ्याङ्क छ। पशुपति क्षेत्र विकास कोषले यस खालको सर्वेक्षण तर्फ कुनै ध्यान दिएको छैन तर साउन महिनामा दैनिक दर्शन गर्ने यात्री विनोद कुमार मोरले भने, ‘यस पटक विदेशमा बस्ने भारतीयहरु निकै आए।’ पशुपति र मुक्तिनाथ यात्राका लागि सबैभन्दा बढी दक्षिण भारत कर्नाटक, केरला र गुजरातबाट बढी तीर्थयात्रीहरु आएका छन्।

मोदीको यस पटकको चौथो नेपाल यात्रामा अवसरमा ‘नेपाल–भारत मैत्री पशुपति धर्मशाला’को प्रधानमन्त्री केपी शर्मा ओली र मोदी दुवैले संयुक्त उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। आगामी शुक्रबार साँझ ४ बजे तीलगंगा पशुपति क्षेत्रमा हुने कार्यक्रमले पनि भारतीय यात्रीहरुका लागि अर्को सन्देश जानेछ।

भारत सरकारको सहयोगका निर्माण भएको धर्मशालामा सडक मार्गभएर नेपाल आउने तीर्थयात्रीका लागि उपयुक्त स्थान हुने विश्वास छ। पाशुपत क्षेत्रमा मात्र व्यापार गर्ने सेवा गरेर खाने लाखौं व्यक्तिको रोजी रोटीकोे क्षेत्र पशुपतिनाथमा सरकारी तवरबाट खुलेको एउटा मात्र धर्मशाला हो। त्यस क्षेत्रमा अहिले सयौंको संख्यामा ठूला र साना होटलहरु छन् तर सामान्य तीर्थयात्रीका लागि बस्ने सुविधा सम्पन्न धर्मशाला निर्माणको समाचारले पनि तीर्थयात्रीलाई आकर्षण गर्न सक्छ।

हिन्दु अनुयायीका निम्ति राजनीतिक रेखाले कोरिएको भारतबर्षभित्रका सबै मठ, मन्दिर र चारधामको दर्शन गरेपनि पशुपतिनाथको दर्शन नगर्ने हो भने यात्रा पुरा नहुने मान्यता छ। यही मान्यतालाई प्रचार–प्रसार गरियो भने मात्र नेपालमा पयर्टकको ओइरो लाग्ने छ।

नेपालको विकासका लागि धार्मिक पयर्टन सबैभन्दा बलियो आधार हो। हाम्रा पर्वहरु, परम्परा र नेपालको सांस्कृतिक विरासतलाई पयर्टकको आँखामा पुर्‍याउने सरकारी रणनीति बन्न सक्यो भने कायापलट हुनेछ यो क्षेत्र। तर कुरा जति गरेपनि पर्यटकलाई नेपाल बसाइका दिन लब्याउने रणनीति हुनु पहिलो शर्त हुनेछ सडकमार्ग र अव्यबस्थाका कारण यात्रीहरु यात्राका दिन छोट्याउन बाध्य छन्।

सरकार केवल विकास र समृद्धिका कुराबाट यात्रा सुरु गरेको छ। समृद्धिका आधारको प्राथमिकता तय गर्न नसक्दा काशी जाने कताको बाटो भएको अनुभव गर्न थालिएको छ।

यस पटकको मोदीको तीन दिने यात्राले पनि अन्य विकासका सम्झौता मात्र भएपनि उनी नेपाल आएको खबरले भारतीय पयर्टकलाई नेपाल यात्रामा लोभ्याउने आशा चाहिँ राख्न सकिन्छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्